NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

चाँगुनारायण सामुदायिक वनको विवाद समाधान

बुधबार चैत्र १४ , २०७४
Reading Time: 1 min read
A A
Advertisement
चाँगुनारायण सामुदायिक वनको विवाद समाधान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

नगरकोट, चैत १४
भक्तपुरको चाँगुनारायण नगरपालिका–४ स्थित चाँगुनारायण सामुदायिक वनको २२ वर्षदेखिको विवाद छ बुँदे सहमतिमा टुंगिएको छ ।

उपभोक्ता समूहको आग्रहमा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले करिब डेढ वर्षको अथक प्रयासपछि सामुदायिक वनभित्र सञ्चालित पिकनिकस्थलको व्यवस्थापन, सञ्चालन र सीमासम्बन्धी विवाद सहमतिमा टुंगिएको हो ।

Advertisement

सहमतिअनुसार सामुदायिक वनभित्र रहेको पिकनिकस्थलको सञ्चालन तथा व्यवस्थापनको लागि सरोकारवाला निकायको संयुक्त बैठकले अन्तिम टुंगो लगाउने भएको छ भने वनको सीमासम्बन्धी विवाद जिपीएस प्रणालीबाट नाप जाँच गर्ने सहमति भएको समूहका अध्यक्ष बलबहादुर श्रेष्ठले जानकारी दिए ।

उनले जिपीएस प्रणालीबाट सीमा नाप जाँच गर्दा समस्या आए नक्साबमोजिम सरकारी अमिनमार्फत अन्तिम सीमांकन गरिने बताउँदै सहमित कार्यान्वयन गर्न सरोकारवाला सबैको सहभागितामा कार्यान्वयन समिति गठन गरिने बताए ।

विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर र यस वरिपरिका पुरातात्विक तथा ऐतिहासिक मठमन्दिर, पाटीपौवा रहेको उक्त वन क्षेत्रको विवाद समाधान गर्न चाँगुनारायण प्रबन्ध विकास समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति भक्तपुर, जिल्ला वन कार्यालयका प्रमुखले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै चाँगुनारायण नगरपालिका, पुरातत्व विभागअन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय, गुठी संस्थान भक्तपुर, सामुदायिक वन उपभोक्ता महासंघ भक्तपुर र प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रअन्तर्गत उपभोक्ता समूहका प्रतिनिधिले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

विवाद समाधान गर्न खटिएकी प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रकी राष्ट्रिय स्रोत व्यक्ति मीना श्रेष्ठले करिब डेढ वर्षमा २०० पटकभन्दा बढी औपचारिक बैठक र छलफलपश्चात सहमतिमा पुगिएको बताईन् ।

“२२ वर्षदेखिको विवाद समाधान गर्न २०० पटकभन्दा बढी औपचारिक बैठक र छलफल गरेका थियौँ”, उनले भनिन्, “स्थानीय उपभोक्ता, समूह र सरोकारवाला निकायसँग अनौपचारिक रुपमा कति पटक बैठक र छलफल भए त्यसको लेखाजोखा नै भएन ।”

उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहले आफ्नो वनसँग सम्बन्धित विभिन्न विवाद समाधान गरी दिन २०७३ साल वैशाख ८ गते केन्द्रमा लिखित निवेदन दिएको थियो ।

उक्त अभियानका क्रममा सामुदायिक वनका सम्पूर्ण उपभोक्ताबीच टोलटोल र गाउँगाउँ पुगेर सयौँ पटक बैठक गरिएको थियो । “सम्पूर्ण उपभोक्ताको बैठक सकाएर नौवटा माकुरा समूह गठन गरी विवादलाई सुक्ष्मरुपमा अध्ययन गर्ने कार्य गरायौँ”, समूहका अध्यक्ष श्रेष्ठ भन्छिन्, “माकुरा समूहबाटै समाधानमा जाने विकल्प प्रस्ताव पारित गरायौँ, सोही प्रस्तावलाई सरोकारवाला सबैले अन्तिम सहमतिको रुप दिएर हस्ताक्षर गरेका हुन् ।”

२०५२ सालमा सरकार मातहत रहेको चाँगुनारायणस्थित ४७ दशमलव ३ हेक्टर क्षेत्रफल रहेको वन स्थानीय उपभोक्तालाई हस्तान्तरण गरिएको थियो । उक्त वन क्षेत्रमा २०४९ सालमै पिकनिकस्थल निर्माण भई सञ्चालनमा आएको थियो । तर उक्त पिकनिकस्थलबाट हुने आम्दानी भने वन हस्तान्तरण गरी लिने समूहले पाउन सकेन ।

सरकार मातहतकै चाँगुनारायण प्रबन्ध विकास समितिले उक्त आम्दानी बुझ्दै आएपछि वनको उपभोक्ता समूह र प्रबन्ध विकास समितिबीच विवाद शुरु हुन थालेको समूहका अध्यक्ष बलबहादुर श्रेष्ठले जानकारी दिए ।
रासस

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.