×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

इटालीमा लकडाउन खुकुलो, संक्रमणको त्रास कायमै

२२ बैशाख २०७७

२२ वैशाख, एजेन्सी ।
कोभिड–१९ का कारण सबैभन्दा बढी प्रभावित युरोपेली देश इटालीले करिब दुई महिनाभन्दा लामो देशव्यापी लकडाउन खुकुलो पारेको छ ।

कोभिड–१९ को संक्रमण फैलिएपछि फेब्रुअरी तेस्रो साता इटालीले लोडी प्रान्तका ११ नगरपालिकामा लकडाउन गरेको थियो । तर संक्रमण थप विस्तार भएपछि मार्च ९ देखि देशव्यापी लकडाउन गरिएको थियो । लकडाउन खुकुलो गरिएसँगै उद्योग तथा निर्माण क्षेत्रहरूमा काम सुचारु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उद्योग तथा निर्माण क्षेत्रका करिब ४० लाख मानिस काममा फर्किएका छन् । तीमध्ये ७२ प्रतिशत पुरुष छन् । लकडाउन खुकुलो भए पनि मानिसहरूमा भने संक्रमणको त्रास कायमै रहेको छ ।

मानिसहरूलाई आफ्नो क्षेत्रमा सीमित रहेर आवतजावत गर्न, पार्कमा डुल्न तथा मास्क लगाएर आफन्तहरूसँग भेटघाट गर्न दिइएको छ । १५ जनाभन्दा कम मानिसको उपस्थितिमा अन्तिम दाहसंस्कार गर्न पाइने जनाइएको छ ।

बार तथा रेस्टुराँहरूले घर तथा कार्यालयका लागि टेक अवे (खानेकुरा लैजाने) सेवा दिन सुरु गरेका छन् । खेलाडीहरूलाई व्यक्तिगत रूपमा तालिम लिन अनुमति दिइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार समूहगत तालिम भने दुई सातापछि मात्र लिन पाइनेछ ।

इटालीका प्रधानमन्त्री जुसेपे कोन्टेले केही दिनदेखि भाइरसको प्रभाव क्रमशः कम हुन थालेपछि प्रतिबन्ध खुकुलो पारिएको बताए । कोन्टेले केही दिनको अवस्थालाई मूल्यांकन गरी लकडाउन हटाउनेबारे निर्णय लिइने बताए ।

युरोपको सबैभन्दा बढी प्रभावित इटालीमा हालसम्म भाइरसका कारण २८ हजार ८ सय ८४ जनाको मृत्यु भइसकेको छ । २ लाख १० हजार ७ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ । मृतक तथा संक्रमितको संख्यामा कमी आएको भन्दै इटाली सरकारले तीन साताअघि पुस्तक पसल, ड्राइक्लिनर्स, स्टेसनरीलगायत साना व्यवसाय खोल्न अनुमति दिएको थियो ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top