×

NEPAL TIMES UPDATES

Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026
Playing
नेतृत्व सखाप हुँदा पनि यु द्धमा कसरी लडिरहेको छ Iran ? || Nepal Times
Apr 06, 2026
Playing
एमालेको लालकिल्लामा पूर्वमाओवादीको हालीमुहाली || Nepal Times
Apr 06, 2026
Playing
NASAले चन्द्रमामा पठाएको यानको ब्रिगिएको शौचालय कसरी बनायो ? || Nepal Times
Apr 06, 2026
Playing
फेवाताल किनारमा गृहमन्त्रीले लिजमा लिएको भनिएको २० रोपनी जग्गा| भिडियो : नेपाल फोटो लाइब्रेरी
Apr 06, 2026
Playing
प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हत कडी ?के छ कानून ? || Nepal Times
Apr 06, 2026
Playing
अबदेखि आइतबारको साटो शुक्रबार सेयर बजार खुल्ने || Nepal Times
Apr 06, 2026
Playing
Top 15 Afternoon News || April-06-2026 || Nepal Times
Apr 06, 2026
Playing
कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा || Nepal Times
Apr 06, 2026
Playing
सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द#nepal || Nepal Times
Apr 06, 2026

विद्यालय तहमा पुनः संस्कृत अध्यापन हुने, पाठ्यक्रम र पुस्तक तयार

२४ बैशाख २०७७

२४ वैशाख, काठमाडौँ ।
नेपाली भाषाको जननी संस्कृत भाषा कक्षा १ देखि ८ सम्म पठनपाठनका लागि पाठ्यक्रम तयार भएको छ ।

तीन शास्त्रीय भाषाको पठनपाठनका लागि पाठ्यक्रम तथा पाठ्यपुस्तक तयार पार्ने क्रममा पहिलो चरणमा संस्कृत यसै शैक्षिक सत्रदेखि अध्यापन गर्ने गरी काम भएको पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेश भट्टराईले जानकारी दिए । यो शैक्षिक सत्रका लागि कक्षा १ मा संस्कृत पढाउन पाठ्यपुस्तकसमेत तयार भएको छ ।

Advertisement

भाषा आयोगले जीवनपद्धतिसँग जोडिएको विषय भएकाले संस्कृत पठनपाठको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्न गरेको सिफारिसका आधारमा काम भएको केन्द्रको भाषा शाखाका निर्देशक टुकराज अधिकारीले बताए । आयोगले अन्य मातृभाषाका पाठ्क्रम पनि तयार पार्न केन्द्रलाई सिफारिस गरेको थियो ।

त्यसअनुसार अवधि, मैथिली, भोजपुरी, गुरुङ, थकाली, थारू, माझीलगायत मातृभाषाका पाठ्यक्रमका साथै कक्षा १ को पाठ्यपुस्तक पनि तयार पारेको छ । यसैगरी पाली र भोट भाषाको पनि पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पारी पठनपाठन गराउने गरी काम भइरहेको छ ।

भोट भाषामा विभिन्न गुम्बामा अध्ययन अध्यापन भइरहे पनि पाली भाषामा पहिलोपटक पठनपाठन गर्ने गरी काम भइरहेको हो । संस्कृत पठनपाठनका लागि केन्द्रले तयार पारेको पाठ्यक्रम शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अध्यक्षतामा रहेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ २ गते स्वीकृत गरेको थियो ।

पाठ्यक्रम स्वीकृत भएपछि कक्षा १ को पाठ्यपुस्तक चालु शैक्षिक वर्षदेखि नै लागु गर्ने गरी तयार पारिएको हो । संस्कृतको पुस्तक सजिलोका लागि नेपाली र अङ्ग्रेजीमा पनि पुस्तक तयार पारिएको छ । केन्द्रले केन्द्रीय तहबाट चार विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार पार्ने गरेको छ ।

नेपाली, अङ्ग्रेजी, गणित र सेरोफेरोको पाठ्यक्रम र पाठ्यपुस्तक सङ्घीय सरकारले तयार गर्ने गरेको छ । स्थानीय तहले मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार गर्न सक्छन् । मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार नपार्ने स्थानीय तहले कक्षा १ गतेदेखि ८ सम्म संस्कृत भाषा पठनपाठन गराउन सक्छन् ।

वैज्ञानिक खोज अनुसन्धानमा सक्रिय अमेरिकी संस्था नासाले संस्कृत भाषामा कम्प्युटरको निर्माण गरिरहेकाले पनि विश्वमा यो भाषाको लोकप्रियता बढ्न थालेको छ । सन् २०३० सम्म संस्कृत भाषामा कम्प्युटर ल्याउने गरी नासाले काम गरिरहेको छ । सन् २०३४ मा संस्कृत भाषामा प्रयोग गरिने कम्प्युटर बजारमा आइसक्ने छ ।

अन्तरिक्षमा पनि ध्वनि परिवर्तन नभई जाने भाषा संस्कृतमात्र रहेछ भनी वैज्ञानिकको संस्था नासाले प्रमाणित गरिसकेकाले पनि विश्वमै संस्कृत भाषा पठनपाठनको क्रम बढ्न थालेको केन्द्रको भाषा शाखाप्रमुख निर्देशक अधिकारी बताउँछन् । प्रविधिका माध्यमबाट अन्तरिक्षमा सञ्चार गर्न संस्कृत भाषा सबैभन्दा उपयोगी रहेको नासाको बुझाइ छ ।

अन्तरिक्षमा उपयोग गर्न कम्प्युटरमा सबैभन्दा सहजरूपमा प्रयोग गर्न सकिने भाषा संस्कृत भएको भन्ने नासाको अध्ययनले देखाएकाले अब संस्कृत भाषा नजान्नेले प्रविधिको दुनियामा काम गर्न नसक्ने दिन आउने भएकाले भाषा सिक्नु आवश्यक रहेको संस्कृत व्याकरणका शिक्षक निश्चल अधिकारीले बताउँछन् ।

यसैकारण हाल बेलायत, जर्मन र अमेरिकाका विभिन्न विद्यालयमा समेत संस्कृत भाषाको पठनपाठन भइरहेको छ । नेपाली भाषा राम्रो बनाउन चाहनेका लागि पनि संस्कृत जान्नु आवश्यक हुने भएकाले समेत विद्यार्थीमा संस्कृत सिक्ने चाहना बढ्न थालेको छ ।

विसं २०५८ अघि साधारण माध्यमिक विद्यालयमा पनि कक्षा ८ सम्म सरल संस्कृत विषयको पठनपाठन गरिन्थ्यो । तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादीले धेरै विद्यालयमा संस्कृतको पुस्तक जलाउँदै नपढाउन धम्की दिएपछि पठनपाठन स्थगित भएको थियो ।

त्यसबेला ५० पूर्णाङ्कको संस्कृत अध्यापन हुने गरेकामा यसपटक १०० पूर्णााङ्कको पाठ्यविषय तयार भएको छ । सरल संस्कृत विषय कक्षा ४ देखिमात्र थियो भने अहिले कक्षा १ देखि नै पाठ्यक्रम र पाठ्यपुस्तक तयार पारिएको छ ।

पछिल्लो समय निजी विद्यालयको सक्रियतामा पनि संस्कृत भाषाको पाठ्यक्रम एवं पाठ्यपुस्तक तयार भएको थियो । जियर शैक्षिक फाउन्डेशनका सक्रियतामा तयार भएको पाठ्यक्रम हाल देशभरका करीब ५० वटा निजी विद्यालयमा लागू भइरहेको छ ।

Advertisement

संस्कार, संस्कृति, नैतिकता, आचारवान् नागरिक तयार पार्न संस्कृत भाषा सहयोगी हुने भन्दै फाउन्डेशनको नेतृत्वमा अभियान चलेको छ । सरल संस्कृत भाषासँगै नैतिक शिक्षा विषयलाई पनि पाठ्यक्रमबाट हटाउँदा समाज विकृत बन्दै गएको यस क्षेत्रमा क्रियाशील अभियानकर्मीको भनाई छ ।(रासस)

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top