अमेरिकन आइडलमा रहेका दिवेश पोखरेलका लागि भोट गरौं

अमेरिकन आइडलमा रहेका दिवेश पोखरेलका लागि भोट गरौं

२७ वैशाख, काठमाडौं ।
अमेरिकन आइडलमा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा प्रदर्शन भएको छ ।

यो सिजनको टप टेन भित्र परेका नेपाली ठिटो दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको हो । गायक दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा समेत ब्यानर प्रदर्शनमा आएकी थिइन ।

आफ्नो गायन प्रतिभाले अमेरिकीमात्र हैन विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका युवा गायक दिवेश पोखरेल आइतबार हुने टप सेभेनकालागि बलियो प्रतिस्पर्धी पनि बनेका छन् । शनिवार बिहान दिवेश पोखरेलकी ९३ वर्षीय हजुरआमा सहित स्थानीयहरुले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन् ।

स्थानीयहरुले गायक पोखरेको समर्थनमा भोटिंग अभियान समेत सुरु गरेका छन् । समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडल जस्तो विश्वचर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए ।

युवा गायक पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रहपनि गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.