NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

चितुवा आतंक रोक्न सिसी क्यामरा जडान

मङ्लबार चैत्र २० , २०७४
A A
Advertisement
चितुवा आतंक रोक्न सिसी क्यामरा जडान
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

भक्तपुर, २० चैत ः बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरिएको छ ।

गाउँमै चितुवा पसेर पसल गएर घर फर्कंदै गरेका गुण्डु पानीट्याङ्की खहरे बस्ने छ वर्षीय शिरिष तामाङलाई चितुवाले आक्रमण गरी जंगलमा लगेर खाएको एक महिना पनि नबित्दै बच्चासहित चितुवा गाउँमा देखा परेपछि यहाँका बासिन्दा अहिले आतंकित बनेका छन् ।

पानीट्याङ्की मन्थली गाउँको नजिकै रहेको बालकुमारी वनमा तीन वटा बच्चासहित आएको चितुवाले केही दिनअघि एसइई परीक्षा दिएर फर्कंदै गरेकी एक किशोरीमाथि आक्रमणको प्रयास गरेपछि गाउँका बासिन्दा चितुवाबाट आतंकित भएको वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।

Advertisement

सरकारले सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान बनाउने भएपछि उद्यानभित्र परेको उक्त वन क्षेत्रलाई व्यवस्थित गर्ने र तारबार लगाउने काम नगरी अलपत्र छोडिदिँदा गाउँमा चितुवा पस्न थालेको मन्थली गाउँका बासिन्दाले गुनासो गरेका छन् ।

विगतका वर्षमा झैँ जंगलको २०० मिटरसम्मको झाडी सफा गर्न, कुहिएका काठ वितरण गर्न, पत्कर सोहर्न प्राणी उद्यानले रोक लगाएपछि जंगल बाक्लिँदै गएकाले बाघ र चितुवा जस्ता जनावरको आतंक बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

उनले भने , “वन बाक्लो बन्दै गएपछि गाउँमा चितुवाको आतंक बढेको छ । प्राणी उद्यानले झाडी सफा गर्ने निर्णयसमेत कार्यान्वयन नगर्दा स्थानीय आतंकित भएका छन् । चितुवाको आतंक बढेपछि स्थानीयवासीलाई जंगल क्षेत्रमा जान रोक लगाएका छौँ ।”

स्थानीयवासीलाई वन क्षेत्रमा जान अहिले रोक लगाइएको छ । वडा कार्यालयले सूचना नै जारी गरेर बालकुमारी वनभित्र र आसपासका क्षेत्रमा नजान स्थानीयवासीलाई रोक लगाएको हो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वडा कार्यालयको आग्रहपछि राष्ट्रिय प्राकृतिक संरक्षण कोष जावलाखेलले वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरेर चितुवाको संख्या र गतिविधि अनुगमन गर्न थालेको छ ।

वडाध्यक्ष सापकोटाले भने, “वन क्षेत्रमा सिसी क्यामरा जडान गरेर चितुवाको रेकर्ड लिन थालिएको छ । जंगलभित्र कति चितुवा, बाघ छन् भनेर गणना गर्न र उनीहरुको प्रकृति बुझ्न क्यामरा जडान गरिएको छ । चितुवा बस्ती पस्ने र मानवमाथि आक्रमण गर्ने गतिविधि देखिए जाल हालेर नियन्त्रणमा लिने प्रवन्ध गरिएको छ ।”

स्थानीयवासीले प्राणी उद्यानलाई वन क्षेत्रको सीमाङ्कन गर्र्न र तारबार लगाउन स्थानीयवासीले माग गरेका छन् । नगरपालिकासँग गरेको निर्णय र सम्झौता प्राणी उद्यान कार्यालयले कार्यान्वयन नगरेको र उद्यानका भक्तपुर कार्यालय प्रमुख रामचन्द्र कँडेलले तारबार लगाउने, जंगल व्यवस्थित गर्न आवश्यक ठाने मात्रै गर्ने र अनावश्यक ठाउँमा नगर्ने जवाफ दिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । गाउँमै चितुवा आउन थालेपछि बालकलाई आक्रमण गरेको बाटो बन्द गरी अन्यत्रको बाटो सञ्चालनमा ल्याइएको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले बालकलाई चितुवाले आक्रमण गरेको बाटो बन्द गरेर अन्यत्रबाट गाउँ जाने बाटो खुलाएको बताए । मृतक बालकका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको र अन्य क्षेत्रबाट पनि सहयोग गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

जिल्ला वन कार्यालयमार्फत सरकारबाट रु १० लाख क्षतिपूर्ति पीडित परिवारलाई उपलब्ध गराउने सहमति भए पनि त्यो सहमति भने अझै कार्यान्वयन भएको छैन ।
रासस

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.