आजका प्रमुख खबरहरुः
१.(नथपिएको दिन भएन)
बिहीबार तीनजना संक्रमित थपिएसँगै नेपालमा २ सय ४६ जना संक्रमित /३५ जना उपचारपछि निको भएर घर फर्किए /देशभरी २ सय ७२ जना आइसोलेसनमा /१५ हजार ६ सय जना क्वारेन्टाइनमा ।
२.(परीक्षणको आकँडा)
माघ १४ गतेबाट सुरु गरिएको कोरोना भाइरसको पिसिआर विधिबाट अहिलेसम्म साढे २२ हजार बढीको नमुना परीक्षण / देशभरी २८ जिल्लामा कोरोना परीक्षण गर्ने सरकारको योजना ।
३.(लकडाउनको पालना गरौं)
संक्रमण फैलने सम्भावना उच्च भएपछि लकडाउन आज देखि पुनः कडाइका साथ लागू /केही सहज भएको जनजीवन फेरी प्रभावित / लकडाउनको आज ५२ औं दिन सवारी चेकजाँचमा थप कडाईं ।
४.(पासको मिति सकियो)
जारी लकडाउनलाई अझै कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै पास गृह मन्त्रालयद्वारा खारेज /अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने ।
५.(अलपत्रको ब्यवस्थापन गर)
आवश्यक स्वास्थ्य सामग्रीको यथासिघ्र व्यवस्थापन गर्न सरकारलाई संसदीय समितिको निर्देशन /विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन आग्रह ।
६.(परीक्षण बढाउ)
कोरोना भाइरसबाट बच्नको लागि पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश /हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने अवस्था भएको उल्लेख ।
७.(सरकारले सुनोस्)
आगामी बजेटमार्फत प्रत्येक प्रदेशमा कम्तीमा १ हजार शैय्या र प्रत्येक स्थानीय तहमा कम्तीमा १ सय शैय्याको अस्पताल खोल्न सरकारलाई मानव अधिकार आयोगको निर्देशन /बेरोजगार नेपालीलाई रोजगारीको सुनिश्चितता गर्न आग्रह ।
८.(न्याय नपाएपछि…..)
कपिलवस्तुमा स्थानीय प्रशासनको निषेधाज्ञा तोड्दै महिलाहरु आन्दोलनमा उत्रिए/ बालिकालाई यौन दुव्र्यवहार गर्ने दुईमध्ये एक जना अदालतबाट सजाय विनै छुटेपछि पीडित परिवारसहित स्थानीय महिलाद्वारा प्रहरीचौकी घेराउ ।
९.(भारतको दादागिरी)
पाँचथरको फालेलुङ गाउँपालिकाको करिब एक सय मिटर क्षेत्र आफ्नो रहेको भन्दै भारतीय सीमा सुरक्षा बलद्वारा संरचना निर्माणमा रोक /स्थानीय जनप्रतिनिधि र प्रहरीको टोलीले भारतीय सुरक्षाकर्मीसँग छलफल गरेपनि संरचना बनाइए भत्काउने एसएसबीको प्रतिक्रिया ।
१०.(संकटमा नेपाली)
सबै किसिमको भिसा उल्लंघन गर्नेलाई जरिवानामा छुट दिने यूएईको निर्णय /सबै इमिरेट्स आईडी र वर्क परमिट सकिएका विदेशी नागरिकले तीन महिना भित्र मुलुक छाड्नुपर्ने/देश नछाडे जरिवाना तिराउने ।
११.(श्रम अध्ययन कार्यदल)
कोरोना संक्रमणका कारण उद्योग तथा श्रम क्षेत्रमा परेको प्रभावको अध्ययन गर्नको लागि श्रम मन्त्रालयद्वारा उच्चस्तरीय कार्यदल गठन / कार्यदलले पारिश्रमिक भुक्तानी र रोजगारको निरन्तरताको लागि सुझाव पेस गर्ने ।
१२.(पर्यटन प्राथमिकतामा नपर्ने)
लकडाउनका कारण अर्थतन्त्रमा परेको असरको समस्टिगत अध्ययन गरी राहतको प्याकेज ल्याउन अर्थविद्हरुको सुझाव /पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याउन नहुने उल्लेख ।
१३.(शेयरलाई लाग्यो लकडाउन)
बिहीबार देखि शेयर कारोबार फेरी बन्द/ नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले लकडाउन अवधिभर शेयर कारोबार बन्द गर्ने ।
१४.(कोरोनाले नछोड्ने)
कोरोना भाइरसको संक्रमण ‘कहिल्यै समाप्त नहुने’ सम्भावना रहेको विश्व स्वास्थ्य संगठनको चेतावनी /भाइरस कहिलेसम्म रहन्छ भनेर आधारहीन भविष्यवाणी र वाचा नगर्न सबैलाई सुझाव ।
र,
१५.(भयावहको प्रकोप)
कोरोना महामारीका कारण हालसम्म विश्वभर २ लाख ९८ हजार बढीको मृत्यु /४४ लाख ५२ हजार बढी संक्रमित /१६ लाख ७५ हजार बढी निको भएर घर फर्किए ।