२ जेष्ठ, काठमाडौं । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले नेपालको पहिलो कोरोना संक्रमितको जीन अनुमतिबिना अनुसन्धान गर्न दिइएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रूना झासहित ६ जनासँग लिखित स्पष्टिकरण मागेको छ ।
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले डा. झासहित प्रयोगशालाकै डा. रञ्जित साह र हेमन्त ओझा, रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डे, पूर्व निर्देशक विवेकलाल कर्ण र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक अनुप बाँस्तोलालाई स्पष्टिकरण सोधेको छ ।
कसैले गल्ती गरेको पाइए प्रकृया अनुसार कारवाही गरिने परिषद्का एक सदस्यले बताए ।
६ जना नेपालीसहित ८ जना विदेशीले नेपालको पहिलो कोरोना संक्रमित व्यक्तिको जीनबारे अनुसन्धान गरेको रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजी जर्नलमा प्रकाशित छ ।
नेपाल स्वास्थ्य परिषद् ऐन २०४७ को दफा ११ (१) बमोजिम मानव सम्बन्धी अध्ययन् वा अनुसन्धान गर्न परिषद्को अनिवार्य स्वीकृति लिनुपर्ने भन्ने उल्लेख छ। यो राष्ट्रिय अनुसन्धान परिषद् अन्तर्गतकै (इथिकल रिभ्यू बोर्ड) बाट स्वीकृति लिनुपर्ने हुन्छ ।परिषद्का अ
र्का एक सदस्यले संक्रमित व्यक्तिको समेत स्वीकृति लिनुपर्छ। तर यहाँ लिएको नपाइए पछि स्पष्टिकरण सोधिएको बताए ।