४ जेष्ठ, एजेन्सी । इजरायलका लागि चिनियाँ राजदूत अपार्टमेन्टमै मृत भेटिएका छन् ।
राजदूत दु वेई आइतबार बिहान तेल अभिभको अपार्टमेन्टमा मृत भेटिएको बिबिसीले उललेख गरेको हुन् ।५८ वर्षीय वेई ओछ्यानमा सुतिरहेको अवस्था मृत भेटिएका हुन् ।
उनको मृत्युको कारणबारे खुलाइएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसअघि युक्रेनका लागि समेत राजदूत रहिसकेका वेई गत फेब्रुअरीमा इजरायलका लागि चिनियाँ राजदूतमा नियुक्त भएका थिए ।
उनी फेब्रुअरीमा १४ दिन क्वारेन्टिनमा बसेर कार्यभार सम्हाल्न इजरायल पुगेका थिए ।