४ जेठ, काठमाडौँ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लक डाउन जेठ २० गते सम्म बढाउँदै थप कडाई गर्न सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको समिति बैठकले जेठ ५ गतेपछि लक डाउन थप कडाई गर्न सरकारलाई सिफारिस गरेको हो ।
लक डाउनका कारण ठूलो दुर्घटनाबाट जोगिएको अवस्थामा थप कडाई गर्ने विषयमा सरकारलाई सिफारिस गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण प्रसाद विडारीले बताए । बजेट छुट्याएरै भएपनि स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्नुपर्ने निर्णय बैठकले गरेको छ । उनले भने , ‘‘संक्रमित संख्या बढ्दो छ । दुई जनाको दुःखद निधन भएको खवरपनि आएका छन् । लक डाउन नभएको भए अझ अवस्था भयावह हुन्थ्यो भन्ने बैठकको निष्कर्ष छ । लक डाउन अझ कडाई गर्दै लैजाने र स्थानीय तहहरुमा स्थापना भएका क्वारेन्टाइनहरुलाई व्यवस्थित गर्दै लैजाने बैठकको निष्कर्ष छ ।’’
बैठकले सुरक्षा व्यवस्थालाई प्रभावकारी गर्ने, आपूर्ति व्यवस्थालाई सहज गर्दै दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति गर्ने निर्णय पनि गरेको छ