५ जेष्ठ, काठमाडौं ।
सरकारले कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरेको लकडाउनको आज ५६ दिन पुगेको छ ।
गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेको छ । लामो समय सम्म लकडाउन हुँदा जनजीवन प्रभावित भएको छ । अत्यावस्यक बाहेकका सबै सेवा बन्द भएका छन् । गत साता सरकारले आर्थिक जीवनमा असर परेको भन्दै लकडाउनलाई केही खुकुलो पार्ने र उद्योग तथा कार्यालयहरु खोल्न दिने निर्णय गरेको थियो ।

तर देशभर संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई फेरी कडाई गरेको छ । सरकारले लकडाउनको समय अवधि फेरी १५ दिनथप गरी जेठ २० गते सम्म पु¥याएको छ । यस अघि तोकिएअनुसार आज (सोमबार) मध्यरात पछि लकडाउन सकिदै थियो ।

सोमबार विराटनगरका विभिन्न ठाउँमा पुग्दा लकडाउनको पालना भएको पाइएको छ । सुरक्षाकर्मीले चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक सेवाका बाहेकका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको देखिन्छ । यस्तै मानिसहरुको आवागमन पनि न्यून छ ।
सडकका विभिन्न ठाउँमा नेपाली सेनाले समेत चेकजाँच गरेको छ । नेपाली सेनाको पोशाक दुरुपयोग भएको पाइएपछि नेपाली सेनाले पनि चेकजाँच सुरु गरेको हो । सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएपनि भित्रि सडकमा भने खासै सवारी साधनको आवागमन देखिदैन् ।

केही अत्यावस्यक खाद्य वस्तुका पसलहरु खुलेका छन ।
