आजका प्रमुख खबरहरुः
१.(नबढेको दिन भएन)
एकै दिन २७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ सय २ पुग्यो /अहिलेसम्म दुईजनाको मृत्यु/३७ जना उपचारपछि निको भएर घर फर्किए /अब शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने ।
२.(परीक्षणको आँकडा)
अहिलेसम्म पीसीआरबाट ३२ हजार ६ सय ४ र आरडिटीबाट ७४ हजार ६ सय ४९ वटा परीक्षण /देशभर ४ सय ५७ जना आइसोलेसनमा /२१ हजार ६ सय २३ जना क्वारेन्टाईनमा ।
३.(थाहा भएकै कुरो हो)
आउँदा दिन नेपालका लागि थप चुनौतीपूर्ण हुन सक्ने स्वास्थ्यमन्त्री भानुभक्त ढकालको चेतावनी / कोरोनाविरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै महामारीका चुनौतीहरूलाई संयुक्त रूपमा सामना गर्न अनुरोध ।
४.(स्वदेश फिर्तीको बाटो)
कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने गृहकार्य सुरु/क्वारेन्टाइनमा बस्नेहरुको बन्दोबस्तिको व्यवस्था र खानपिनको व्यवस्थामा संघीय सरकारले तथा व्यवस्थापन स्थानीय तहले गर्ने कार्ययोजना आउदै ।
५.(भारतीयलाई घर प्यारो)
दाङका इट्टा भट्टाहरुमा काम गर्ने भारतीय मजदुरद्वारा घर फर्किन पाउनु पर्ने माग गर्दै घोराहीमा प्रर्दशन /लकडाउनका कारण काम नभएको र खाने रासनपानी सकिएको भन्दै घर जान पाउनु पर्ने माग ।
६.(पारित भयो कार्यक्रम)
सरकारको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बहुमतले प्रतिनिधिसभाबाट पारित /राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसदमा पेस गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको सभामुख अग्निप्रसाद सापकोटाद्वारा घोषणा ।
७.(भूमिमाथिको भरोसा)
भारतले अतिक्रमण गरेका नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक फिर्ता ल्याउने प्रधानमन्त्रीको प्रतिवद्धता/अरुको उक्साहटमा लागेर नेपालले बोल्यो’ भन्नु नेपाललाई हेच्याउने र अपमान गर्ने कुरा भएको उल्लेख ।
८.(आफै धाँमी आफै झाक्री)
स्वास्थ्य सामाग्री खरिदमा अनियमिता भएको प्रमाणित भए कारवाही गरिने प्रधानमन्त्री ओलीको प्रतिवद्धता /सामान्य अवस्थाको खरिद प्रक्रिया नभई विशेष अवस्थाको खरिद प्रक्रिया भएकाले निराधार कुरा नगर्न चेतावनी ।
९.(एमसीसी माथिको लगाव)
अमेरिकी सहयोग परियोजना एमसीसी जस्केलाबाट पारित गर्न नखोजिएको प्रधानमन्त्रीको प्रतिक्रिया /एमसीसी पास गर्ने/नगर्ने विषय अब संसदको भएको र पास भए/नभएपनि ट्रान्समिसन लाइन अगाडीकै ढोकाबाट बनाइने प्रतिबद्धता ।
१०.(भूमि फिर्ताको प्रक्रिया)
अतिक्रमित जमिन फिर्ता लिन सहज नभए पनि नक्सा सार्वजनिक गर्नुले दृढता सार्वजनिक गरेको प्रधानमन्त्रीको उल्लेख/ संविधानमा नक्सा परिवर्तन भएपछि निशान छाप, विद्यालयलगायत सबै क्षेत्रमा लागु हुने ।
११.(प्रशंसामा कन्जुस्याईं)
मन्त्रिपरिषदबाट नेपालको भूमि समेटेर नयाँ नक्सा पारित हुनु सकारात्मक भएको नेपाली कांग्रेसको प्रतिक्रया/ अब कालापानीमा बसेको भारतीय सेना फिर्ता पनि हुनुपर्ने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको भनाई ।
१२.(सेनाको शान)
नेपाली सेनाले कोरोना भाइरस रोकथामका लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाट ल्यायो / नेपाल एयरलाइन्सको चार्टर्ड विमान मार्फत १८ हजार ८ सय ४३ किलो सामान मंगलबार काठमाडौं आइपुग्यो ।
१३.(विपत्तमा चीनको साथ)
कोरोना भाइ्रसका कारण सिन्धुपाल्चोकले पहिलो मृत्यु ब्यहोरेपछि चीनद्वारा स्वास्थ्य सामाग्री सहयोग /सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीलाई १ करोड ३ लाख बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण ।
१४.(नक्कली मदिरा बरामद)
विराटनगर बसपार्क नजिकै भाडाको घरमा विभिन्न ब्राण्डको बोतलमा नक्कली लेवल टाँसी नक्कली मदिरा बनाई विक्री गर्ने विराटनगर ६ का श्रवण मुखिया पक्राउ/५ सय ३० बोतल नक्कली मदिरा बरामद /तत्काल ३ लाख जरिवाना/अन्य मुद्धापनि चल्ने ।
र,
१५.(कोरोनाको कम्पन)
विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ लाख २० हजार बढीको मृत्यु /४९ लाख ११ हजार बढी संक्रमित /१९ लाख १९ हजार बढी निको भएर घर फर्किए ।