×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत: प्रधानमन्त्री

६ जेष्ठ २०७७

६ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफपछि थप स्पष्टीकरणका क्रममा भारतका सेनापतिले नेपालको लिपुलेकबारे दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले आफूहरु काम र उद्देश्यमा स्पष्ट भएकाले सेनापतिलाई जवाफ दिइरहन लगाउन आवश्यक नभएको स्पष्ट पारे ।

Advertisement

प्रधानमन्त्री ओलीले दुई देशका मामिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समयसमयमा कूटनीतिक संयन्त्रका माध्यमबाट पुनः कुरा गर्ने समझदारी भएकामा हाल केही विलम्ब भएको र सम्बन्धित अन्य तहले कुरा गरेपछि अन्तिममा प्रधानमन्त्रीको तहमा संवाद हुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले भने, ‘नेपाल विश्व इतिहासमै गुलाम नभएको मध्येको एक राष्ट्र हो । हामी बरु ज्यानको बाजी थापेर लड्न तयार हुन्छौँ तर झुक्दैनौँ । हाम्रो अतिक्रमित भूमि हामी फिर्ता लिएरै छाड्छौँ । त्यसमा हामी सफलता प्राप्त गर्नेछौँँ । सरकारको कार्यकालको आगामी तीन वर्षभित्र ती नेपाली भूमि फिर्ता ल्याइनेछ ।’

स्वास्थ्य सामग्री खरीद विवादमा सोधिएका प्रश्नमा प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता आफ्नो कटिबद्धता रहेको दोहो¥याउँदै आफ्नो निजी सम्पत्ति ट्रष्टलाई हस्तान्तरणको घोषणा गरिसकेकाले आफूलाई कुनै लोभ नभएको स्पष्ट पारे । सरकारमा बस्ने सबैले भ्रष्टाचार नै गर्छन् भन्ने पुरानो सोच गलत भएको हो भन्दै उनले आमरुपमा जनप्रतिनिधि, प्रशासक र नेपाली सेना भ्रष्ट छन् भन्ने मान्यता गलत भएको जिकिर गरे । उनले राष्ट्रको एक तागत मानिने नेपाली सेनालाई बदनाम गर्न केही व्यापारी र सञ्चार क्षेत्रले स्वार्थवश प्रचार गराएको पनि जनाए ।

Advertisement

उनले क्वारेन्टिन व्यवस्थित गर्न प्रतिबद्धता व्यक्त गर्दै विश्व व्यवस्था तयार नै नभएका स्थितिमा आएको कोरोना महामारीलाई सामना गर्न नेपाललाई पनि सहज नभएको बताए । नेपालको पहिलो सङ्क्रमितको परीक्षण विदेशमा गएर गर्नुपरेकामा हालसम्म मुलुकमै एक लाख २०८३ को परीक्षण भइसकेको उल्लेख गरे । प्रधानमन्त्री ओलीको जवाफमा सभाका सदस्य अनिता देवकोटा, जीतेन्द्रनारायण देव, तारादेवी भट्ट, प्रकाश पन्थ, रमेशजङ्ग रायमाझी, मुगेन्द्रकुमारसिंह यादव, प्रमिलाकुमारी र कोमल वलीले थप प्रश्न गरी स्पष्ट पार्न आग्रह गरेका थिए ।रासस

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top