७ जेठ, काठमाडौँ ।
रुपन्देहीको नयाँमिलमा रहेको क्रिमसन अस्पतालमा उपचाररत गुल्मिका कोरोना संक्रमितको मृत्यु भएको समाचार स्वास्थ्य मन्त्रालयले खण्डन गरेको छ । अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको भनि विभिन्न सञ्चार माध्यम र समाकाजिक सञ्जालमा आएको समाचार मन्त्रालयले खण्डन गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको बताए । यो भन्दा पहिले पनि सञ्चारमाध्यमहरुमा विभिन्न कुराहरु आएको उल्लेख गर्दै उनले संवेदनशिल घडीमा समाचार प्रकाशन र प्रशारण गर्दा आधिकारिक सूचनालाई आधार मान्न पनि आग्रह गरे । उनले भने, ‘‘क्रिमसन अस्पतालमा उपचारको क्रममा रहेका व्यक्ति भेन्टिलेटरमा रहनुभएको छ । स्वास्थ्य अवस्था गम्भिर रहेको छ । यो भन्दा अगाडी पनि विभन्न सञ्चार माध्यममा विभिन्न कुरा आएका थिए । यस्ता समाचार प्रकाशन र प्रसारण गर्दा आधिकारिक सूचना प्रकाशन भएपछि मात्र गर्न आग्रह गर्दछु । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग गर्न सबैलाई आग्रह गर्दछु ।’’
मन्त्रालयले स्वइच्छाले पीसीआर परीक्षण गराउन चाहानेहरुका लागि अहिलेसम्म शूल्क निर्धारण नभएको जनाएको छ । सरकारी तथा सामुदायिक अस्पतालले तोकिएको दररेटमा परीक्षण गराउन पाउने नीतिगत निर्णय अहिलेसम्म शूल्क निर्धारण नभएको प्रवक्ता डा. देवकोटो बताए । संक्रमितको संख्या बढिरहेका कारण पीसीआर परीक्षणको दायरा बढाउन यस्तो निर्णय गरिएको उनले बताए ।