×

NEPAL TIMES UPDATES

Playing
उत्तर कोरियामा ड्रोन पुगेपछि दक्षिणका राष्ट्रपतिले मागे माफी || Nepal Times
Apr 07, 2026
Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026

विराटनगरमा दुई छोराले बाबुको हत्या गरी घरमै गाडे

८ जेष्ठ २०७७

८ जेठ, विराटनगर ।
विराटनगरमाआफ्नै छोराहरुले बाबुकाे हत्या गरी घरभित्रै शव गाडेको खुलेको छ । विराटनगर महानगरपालिका–१४ झटियाही बस्ने ६९ वर्षीया सत्यराम भन्ने सिताराम चौहानलाई आफ्नै २ छोराहरुले हत्या गरेको खुलेको हो ।

चौहानको हत्याको अभियोगमा पक्राउ परेका उनकै जेठो छोरा २९ वर्षीय रोहितचौहान र माईलो छोरा २६ वर्षीय नगरेन्द्र चौहानलाई जिल्लाप्रहरी कार्यालय मोरङले बिहीबार डिजिटल प्रेसमिट गरी सार्वजनिक गरेको छ ।

Advertisement

चौहानको शव बुधबार साँझ आफ्नै घरभित्रको खाटमुनि खाल्डो खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो । जेठ ३ गते शनिबार दुवै जना मजदुरी गरी ज्याला लिएर मादक पदार्थ सेवन गरी घर पुगेपछि बुबा सितारामले जेठो छोरा रोहितसँग पैसा माग्दा नदिएको विषयमा झगडा भएको र बुबालाई दुवैले कोदालोले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए ।

एसपी अधिकारीका अनुसार नगेन्द्रकी श्रीमती जैन बखातुनले ससुरा ३÷४ दिन देखि घरमा नआएको र श्रीमानले बाबुलाई मारी दिएँ भन्ने कुरा सुनेपछि शंका लागी ससुराको घरमा गई हेर्दा खाटमुनी खनेजस्तो देखेकी थिइन् । उनले सो पश्चात श्रीमान नागेन्द्र समेतलाई लिई ईलाका प्रहरी कार्यालय रानीमा सुचना दिएकी थिइन् । प्रहरीलाई प्राप्त सुचनाका आधारमा अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय रानी र जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले बुधबार शव फेलापारेको थियो भने दुवै छोरालाई पक्राउ गरेको थियो ।

शनिबार राती झगडा हुँदा जेठो छोरालाई बाबुले धकेली भुँईमा झारीदिए पश्चात उनले बाबुलाई मारी दिन्छु भन्दै नजिकै रहेको कोदालोले टाउँकोमा प्रहार गरेको र माईलो छोरा पनि कोदालोले टाउँकोमा प्रहार गरी हत्या गरेको खुलेको एसपी अधिकारीले बताए । बाबुको मृत्यु पश्चात नागेन्द्र हडताली हाटमा रहेको आफ्नो डेरा कोठातर्फ गएका थिए भने रोहितले घटनास्थलमा भएको घरमा सुतेका थिए । उनीहरु दुवैजनाले ४ गते बिहान करिब साढे ५ बजे घरभित्रकोठामा रहेको खाटमुनी खाल्डो खनी शव गाडेका थिए ।

प्रहरीले घटनास्थलबाट कोदालो र लाश बेरिएको तन्ना बरामद् गरेको छ । पक्राउ परेकादुवै जनालाई कर्तव्यज्यान मुद्दामा थप अनुसन्धानकार्य भई रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार चौहानका तीनमध्ये कान्छा छोरा सम्पर्कमा छैनन । मजदुरी गर्दै आएका विवाहित माइला छोरा छुट्टिएर बसेका थिए भने जेठा छोरा रोहित बाबुसँगै बस्दै आएका थिए ।

Advertisement

भर्खरको समाचार

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

सम्बन्धित खबरहरु

Scroll to Top