प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

प्रहरीमाथि हातपात गर्ने चिनियाँ नागरिक ५ हजार धरौटीमा छुटे

८ जेठ, काठमाडौं ।
घर फर्किन पाउनुपर्ने माग राख्दै सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिक पाँच हजार धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले धरौटीमा छाड्न आदेश दिएपछि उनीहरु छुटेका हुन् ।

उनीहरुलाई बुधबार छाडिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीलेबताए ।२६ वैशाखमा घर फिर्तीको माग गर्दै चिनियाँ नागरिकहरुले गरेको प्रर्दशनलाई नियन्त्रण लिन खोज्दा उनीहरुले प्रहरीलाई कुटेका थिए ।

यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र एक जना प्रहरी जवान घाइते भएका थिए । यसअघि अन्यलाई छाडिएपनि प्रहरीमाथि हातपात गर्नेलाई प्रहरीले मुद्दा चलाउने तयारी गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.