आजका प्रमुख खबरहरुः
१.(आधा सय बढेपछि)
नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि ५ सय नाघ्यो /एकैदिन ५० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुग्यो ।
२.(कहरमा परेकाहरु)
अहिलेसम्म पीसिआरबाट ४२ हजार ४ सय ८८ र आरडिटीबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण /देशभरी २७ हजार ८ सय २९ जना क्वारेन्टाइनमा /४ सय ३३ जना संक्रमित आइसोलसनमा ।
३.(निको हुने पनि बढ्दै)
बाँकेको सुशील कोइराला अस्पतालमा आइसोलेसनमा उपचाररत २७ जना संक्रमित मध्ये २१ जना आज एकैसाथ डिस्चार्ज/ देशभर उपचार पछि निको हुने संक्रमितको संख्या ७० पुग्यो ।
४.(६० दिन कटाईयो)
कोरोना भाइरस महामारी देखिएपछि नेपाल सरकारले जारी गरेको लकडाउनको आज दुई महिना पूरा /जनजीवन प्रभावित /अत्यावश्यक बाहेकका सवारी साधन र चेकजाँचमा कडाईं ।
५.(क्वारेन्टाइन कहाँ बनाउने ?)
कोरोनाको जोखिममा रहेकालाई राख्न धर्मशाला, बालमन्दिर लगायतका ठाउँमा क्वारेन्टाइन बनाउने क्रममा घोराहीमा स्थानीयको विरोध /घना बस्तीको बीचमा क्वारेन्टाइन राख्न खोजेको भन्दै विरोधमा स्थानीय लाठी बोकेर सडकमा निस्किए ।
६.(बुद्धिमा बिर्काे लागेपछि)
कर्णालीमा उद्दार गरी गाउँ पठाइएका व्यक्तिको स्वाब लिन हेलिकप्टर चार्टर्ड /भारतमा अलपत्र परेकालाई चेकजाँच नगरी रातारात गाउँ र्पुयाइएकाहरुको स्वाव संकलन गर्न हेलिकप्टर चार्टर्ड गरिएको प्रशासनको भनाई ।
७.(सरकार कुन सुरमा छ ?)
६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई संसदीय समितिको निर्देशन / असाहय व्यक्तिको भत्ता अझ बढाएर उनीहरुलाई प्रोत्साहन गर्नुपर्नेमा सांसद्हरुको जोड ।
८.(नक्साका लागि….)
नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमा अनुसार मिलाउन संविधान संशोधन दर्ता /सीमा र नक्सा जारी गरेपछि उत्पन्न विवाद कुटनीतिक माध्यमबाट वार्ता गरी समाधान हुनेमा सरकार आशावादी ।
९.(ईदमा विदा)
मुस्लिम धर्मावलम्बीहरुको पर्व इदु उल फित्रमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को सैद्धान्तिक निर्णय /मुस्लिम धर्मगुरुहरुको सल्लाह अनुसार विदाको दिन तोकिने ।
१०.(भ्रष्टाचारीको सजाय)
१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय गर्न विधायन व्यवस्थापन समितिमा सहमति /घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गरिने / १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने ।
११.(आलमको हैकम)
राजपुर बम काण्डका अभियुक्त पूर्वमन्त्री अफताव आलमका भाइ महताब आलमलाई पक्राउ गर्न आलमको घरमा प्रहरीले छापा मार्दा स्थानीयले प्रहरीलाई घेराबन्दी गरेपछि प्रहरीद्वारा १२ राउण्ड हवाइ फायर /महताबसहित ११ जना अझै फरार ।
१२.(फेरी हेपिए नेपाली)
झापाको कचनकवल गाउँपालिका–१ स्थित सीमाक्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि शुक्रबार फेरि भारतीय नागरिकद्वारा आक्रमण /नेपाली सुरक्षाकर्मीले नेपालतर्फ बस्तु नबाँध्न आग्रह गरेपछि भारतीय नागरिकद्वारा प्रहरीमाथि आक्रमण ।
१३.(सडकमा सेना)
दार्चुला–तिंकर सडक योजना अन्तर्गत पर्ने दार्चुलाको व्यासस्थित घाँटीबगर इलाकामा नेपाली सेनाको टोली खटियो/ दुई मिटर चौडाइको ४५० मिटर गोरेटो बाटो निर्माण कार्यको लागि आवश्यक सुरक्षा तथा बन्दोबस्तीको निमित्त सेना तैनाथ ।
१४.(आवश्यक सेवाको परिभाषा)
भेटेरिनरी सेवालाई आवश्यक सेवाको सूचीमा राख्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश /लकडाउनको बेला भेटेरिनरी सेवा बन्द भएपछि नेपाल भेटेरिनरी एसोसिएसनका अध्यक्ष शितलकाजी श्रेष्ठद्वारा सर्वोच्चमा रिट ।
र,
१५.(५२ लाख कटे)
विश्वव्यापी महामारी कोरोना भाइरसका कारण हालसम्म ३ लाख ३५ हजार बढी संक्रमितको मृत्यु/ ५२ लाख १५ हजार बढी संक्रमित /२० लाख ९४ हजार बढी निको भएर घर फर्किए ।