×

NEPAL TIMES UPDATES

Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026
Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026

निकुञ्जमा ‘रात्रि गस्ती’ परिचालन

२३ चैत्र २०७४

रत्ननगर, चितवन, २३ चैत ः चितवन राष्ट्रिय निकुञ्जले राति वन्यजन्तुमाथि हुनसक्ने सुरक्षा खतरा रोक्न ‘रात्रि गस्ती’ टोली परिचालन गरेको छ ।

निकुञ्जको मध्यवर्ती क्षेत्र र आसपासका अन्य स्थानमा रात्रि गस्ती थालिएको चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिए ।

मुख्यगरी राति वन्यजन्तु तस्करको खतरा हुने भएकाले वन्यजन्तुको सुरक्षाका लागि नेपाली सेना, स्थानीय समुदाय र वन्यजन्तु प्रविधिज्ञसहितको टोलीलाई गस्तीमा परिचालन गरिएको हो ।

निकुञ्जको विभिन्न सेक्टरले आ–आफ्नो समय मिलाएर गस्ती गरिरहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउँछन् । दुर्लभ एकसिंगे गैंँडा र पाटेबाघको मुख्य वासस्थान चितवन निकुञ्ज हो ।

विगतमा यहाँ तस्करबाट यस्ता वन्यजन्तु मारिने गरिए पनि पछिल्लो वर्षमा भने तस्करको गतिविधि छिटफुटबाहेक शून्य जस्तै छ ।

यो उपलव्धिलाई कायम राख्न समेत चुनौती भएकाले आधुनिक प्रविधिको प्रयोग गरेर राति टोली परिचालन गरिएको निकुञ्जले जनाएको छ ।

राति ९ बजेदेखि शुरु हुने गस्ती बिहान ४ बजेसम्म नै चल्नेछ । उहाँका अनुसार पूर्वी सेक्टरमा मात्रै दुई टोली परिचालन गरिएको छ ।

“तस्करको निगरानी त छुट्टै छ, जंगलबाट चर्दै बस्ती नजिक आएका वन्यजन्तुको सुरक्षामा समेत टोली रातभर नै खटाइने गरिएको छ,” पाठकले भने ।

बस्ती नजिक आएका वन्यजन्तुबाट धनजनको क्षति हुने र तस्करले समेत निशाना बनाउनसक्ने भएकाले त्यस्ता वन्यजन्तुका लागि टोली नै परिचालन गरेर रात्रि गस्ती शुरु भएको निकुञ्जले जनाएको छ ।

चितवन निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिंगे गैँंडा, पाटेबाघ, चित्त, हात्ती, गोही, जरायो, भालु, गौरीगाईलगायतका पाइन्छन् । निकुञ्जको तथ्याँकमा चितवनको पूर्वी क्षेत्रमा मात्रै ६० भन्दा बढी गैँंडा छन् । निकुञ्जमा पछिल्लो गणनामा ६०५ गैंँडा र १२० पाटेबाघ रहेको तथ्याँक छ ।
रासस

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top