NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ? मङ्लबार असार ३१ , २०८२
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी मङ्लबार असार ३१ , २०८२
आज कहाँ कहाँ छ बाढीको जोखिम ? ४२ जिल्लामा ‘एल्लो अलर्ट’ मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

प्रदेश २ सरकारले कोरोना कोषबाट अस्पतालहरुलाई दियाे ८ करोडभन्दा बढी

सोमवार जेष्ठ १९ , २०७७
Reading Time: 1 min read
A A
Advertisement
प्रदेश २ सरकारद्वारा २५ करोडको राहत कोषको स्थापना, कोरोना संक्रमण जाँच्न ३ वटा ल्याब स्थापना गर्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१९ जेठ, धनुषा ।

प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि हालसम्म विभिन्न अस्पताललाई रु आठ करोड २३ लाख २५ हजार रकम उपलब्ध गराएको छ । पछिल्लो चरणमा पनि विभिन्न अस्पताललाई रु पाँच करोड १३ लाख ७५ हजार निकासा गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

सोअन्तर्गत पछिल्लो चरणमा सो कोषबाट पर्सास्थित पोखरिया अस्पताललाई औजार उपकरण खरिदका लागि रु १० लाख, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, कोभिड–१९ सङ्क्रमित व्यक्तिहरु एवम् स्वास्थ्यकर्मीहरुका लागि खाजा, खाना र पानी व्यवस्थापन गर्न रु १० लाख, औषधि खरिदका लागि रु पाँच लाख र खानेपानी व्यवस्थापनमा रु दुई लाख गरी जम्मा रु ३७ लाख उपलब्ध गराइएको छ ।

Advertisement

रौतहट जिल्लास्थित गौर अस्पताल र मातहत रहेका कोभिड विशेष अस्पतालहरुका लागि खाजा, खाना तथा पानी व्यवस्थापनतर्फ रु २५ लाख, औषधि खरिदका लागि रु पाँच लाख, पानीको धारा, विद्युत् महसुलका लागि रु छ लाख, पिपिई, सानिटाइजर लगायतका सामग्री खरिदका लागि रु चार लाख, मेशिनरी औजार मर्मतका लागि रु एक लाख ५० हजार, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, सरसफाइका लागि रु एक लाख ५० हजार र श्यया सेट खरिदका लागि रु तीन लाख गरी जम्मा रु ५६ लाख उपलब्ध गराइएको जानकारी गराइएको छ ।

त्यसैगरी सर्लाही जिल्लास्थित मलङ्गवा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि खरिदतर्फ रु पाँच लाख, जनशक्ति व्यवस्थापनका लागि रु १० लाख, खाजा, खानेपानी व्यवस्थापन गर्न रु १० लाख, मेशिनरी औजार उपकरण खरिदका लागि रु दुई लाख, श्यया तथा फर्निचर व्यवस्थाका लागि रु पाँच लाख, क्वारेन्टिनको बास खर्चका लागि रु चार लाख, कार्यालय सामग्री र इन्धनका लागि रु एक–एक लाख, सवारी साधन भाडामा लिनका लागि रु एक लाख, आइसोलेशन भवन मर्मतसम्भारका लागि रु एक लाख, सञ्चार महसुल रु २५ हजार र पानी तथा विद्युत महसुल रु ५० हजार गरी जम्मा रु ४० लाख ७५ हजार पठाइएको छ ।

सप्तरी जिल्लास्थित भारदह अस्पतालमा प्री–फ्याब भवन निर्माणका लागि रु एक करोड ७५ लाख, फर्निचर फिक्सचरतर्फ रु २५ लाख, शौचालय निर्माणतर्फ रु २५ लाख, अस्पताल रङ्गरोगनका लागि रु १० लाख, ल्याब सेटअपका लागि रु ५० लाख र इलेक्ट्रिफिकेशन, प्लम्बिङतर्फ रु पाँच लाख गरी जम्मा रु दुई करोड ९० लाख उपलब्ध गराइएको छ ।

सिरहा जिल्लास्थित सिराहा अस्पताल र मातहत रहेको कोभिड अस्पतालका लागि औषधि एवम् स्वास्थ्य सामग्री खरिदतर्फ रु १० लाख, अक्सिजन पाइपलाइन निर्माणका लागि रु १० लाख, सिसिटिभी एवम् मेशिनरी औजार खरिदका लागि रु पाँच लाख, बेडसेट, फर्निचर खरिदका लागि रु पाँच लाख, क्वारेन्टिन बाँसखर्चका लागि रु पाँच लाख, खाजा, खानेपानी व्यवस्थापन गर्न रु १० लाख, आइसोलेशन कक्ष निर्माणका लागि आवश्यक भौतिक पूर्वाधार विकासतर्फ रु १० लाख गरी जम्मा रु ६५ लाख उपलब्ध गराइएको छ ।

सप्तरी जिल्लास्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल मातहत रहेको साइकृष्ण मेडिकल कलेज कोभिड–१९ लेभल–१ अस्पतालमा आइसोलेशन कक्ष निर्माण गर्न नेपाली सेनाको भीमदल गणलाई रु २५ लाख उपलब्ध गराइएको छ । रकम पठाइएको अस्पतालमा पर्साको पोखरिया र सप्तरीको भारदह अस्पताललाई प्रदेश सरकारले हालै ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारले यसअघि, उपचार कोषबाट गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई रु १० लाख, सप्तरीको भारदह अस्पताललाई रु ३१ लाख, लहान अस्पताललाई रु १९ लाख ५० हजार, सिरहा अस्पताललाई रु १९ लाख ५० हजार, प्रादेशिक अस्पताल जनकपुरलाई रु ३१ लाख २५ हजार, जलेश्वर अस्पताललाई रु १९ लाख ५० हजार र मलङ्गवा अस्पताललाई रु १९ लाख ५० हजार उपलब्ध गराएको थियो ।

त्यस्तै, गौर अस्पताललाई रु १९ लाख ५० हजार, कलैया अस्पताललाई रु ३१ लाख २५ हजार, पोखरिया अस्पताल पर्सालाई रु ३१ लाख २५ हजार र नारायणी अस्पताललाई वीरगञ्जलाई खाद्यान्नका लागि रु २५ लाख तथा पिसिआर मेशिन सञ्चालनका लागि रु ५० लाख गरी रु तीन करोड नौ लाख ५० हजार उपलब्ध गराएको थियो । प्रदेश सरकारले उपचार कोषको अतिरिक्त समाजिक विकास मन्त्रालयको बजेटबाट समेत विभिन्न अस्पताललाई रकम उपलब्ध गराएको छ ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६०० नाघ्यो
प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१३ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशका चार जिल्लाका ६४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । पछिल्लो समयमा रौतहटबाट २८, धनुषाबाट २१, सर्लाहीबाट १० र पर्साबाट पाँचजना थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी गराए । थपिएका नयाँ सङ्क्रमितहरुमध्ये अधिकांश भारतको गुजरात लगायतका ठाउँबाट आएपछि क्वारेन्टिन गरिएको थियो ।

थपिएका ६४ जनामध्ये धनुषाको जनकपुरस्थित गोपाल धर्मशालास्थित क्वारेन्टिनका १९, १९, २०, २१, २३, २४, २७, २७ र २७ वर्षीय गरी नौजना पुरुष, मुखियापट्टि मुसहरनियास्थित तुलसियाही क्वारेन्टिनका २४, २५, २६, २७, २८, ३०, ४५, ४६, ३५, ३५, ३५ वर्षका गरी ११ पुरुष र गणेशमान चारनाथ नगरपालिका–४ स्थित दुखनीदेवी नर्सिङहोमका एकजना २१ वर्षीय पुरुष छन् । त्यस्तै, सर्लाहीको हरिपुरस्थित क्वारेन्टिनका १५, २४, ३४, ५०, ४० र एकजना उमेर नखुलेका पुरुष गरी सात र ब्रह्मपुरीस्थित रामविलास मावि क्वारेन्टिनका २५, २८ र ४८ वर्षको पुरुष गरी तीनजना छन् ।

यसैगरी, रौतहटका दुर्गाभगवती गाउँपालिकास्थित गङ्गापिपरा मावि क्वारेन्टिनका १७, २२, २३, २९, ४५, ३५, ४०, २५ र २५ वर्षका गरी आठजना पुरुष छन् । इशनाथ नगरपालिका–७ स्थित क्वारेन्टिनका २०, २०, १७, १९, २१, २२, २४,२७, ३६, ४५ र ५० वर्षका गरी ११ पुरुष र सोही नगरपालिका–८ का जोगहा मदरसा क्वारेन्टिनका ४, ८, १२ वर्षका तीन बालकका साथै ३०, ३०, १८, २२, ४५ र ५२ वर्षका गरी नौजना छन् । सोही अनुरुप, पर्साको पर्टेवास्थित क्वारेन्टिनका एक २५ वर्षीया महिलाका साथै २२, २२, २५ र ३६ वर्षका पुरुष गरी पाँचजना सङ्क्रमित पुष्टि भएको हो ।

स्वाब र क्वारेन्टिनको अवस्था
यस प्रदेशमा भारतबाट फर्कनेहरुको चाप बढ्दै गएपछि क्वारेन्टिनको सङ्ख्यामा पनि निरन्तर रुपमा वृद्धि भइरहेको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा १० वटा थपेर क्वारेन्टिनको सङ्ख्या ३८१ पु¥याएको सचिव डा घिमिरेले जानकारी गराए। ती क्वारेन्टिनहरुमा २७ हजार ९० श्ययाको व्यवस्था गरिएको छ । अहिले १८ हजार ८३० जनालाई क्वारेन्टिन गरिएको छ र होम क्वारेन्टिनमा पाँच हजार ५४५ र आइसोलेशनमा ७७४ जना बसेका छन् ।

यस प्रदेशमा आजसम्ममा १४ हजार २९२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । नौ हजार ६० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार ६१९ जनाको रिपोर्ट आउन बाँकी छ । त्यस्तै, ६ हजार ६३१ जनाको आरडिटी माध्यमबाट परीक्षण गर्दा ४१ जनाको रिपोर्ट पोजिटिभ आएको छ भने ६ हजार ५९० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

लोकप्रीय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२

विचार

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२

थप समाचार

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?
अन्तर्राष्ट्रिय

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?
ताजा समाचार

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२
म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी
अन्तर्राष्ट्रिय

म्यासाचुसेट्सको नर्सिङ आवासमा दर्दनाक आगलागी

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

हिमताल फुटेको आशंका,मितेरी पुल बगेपछि टुट्यो नेपाल–चीन सम्पर्क

मङ्लबार असार २४ , २०८२

हालका पोस्टहरू

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२
टेक सुपर पावर बन्दै छ चीन/अमेरिकासहित अरु देशहरु कहाँ छन् ?

सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै

मङ्लबार असार ३१ , २०८२
सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

सुन्दरहरैचाका रोलमोडल १२ ढुकुर जोडी,कसरी छानियो ?

मङ्लबार असार ३१ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.