×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 04, 2026
Playing
रास्वपा र राप्रपाबीच केमा सहमति हुन लागेको हो ? || Nepal Times
Apr 04, 2026
Playing
ट्राफिक लाइट पा ल ना नगर्ने लाई कारबा ही, मापसे गरेर गाडी चला उने ९ चालक प क्राउ|| Nepal Times
Apr 04, 2026
Playing
बालेन सरकारले ठुला माछा समाउन किन गर्यो ढिलो ? #nepal #scandal || Nepal Times
Apr 04, 2026
Playing
अमेरिकामा २४ घण्टामा सेना प्रमुख र महान्यायाधिवक्ता बर्खास्त || Nepal Times
Apr 04, 2026
Playing
World News : ठूलो हमलामा पनि इरानले हजारौँ ड्रोन जोगायो, अमेरिकी दुई फाइटर जेट इरानले खसायो
Apr 04, 2026
Playing
किन पक्रा उ परे शंकर अग्रवालका बाबुछोरा ? हाइप्रोफाइलको भागभाग#nepaltimes #trending #nepal
Apr 04, 2026
Playing
सभामुखमा कांग्रेस, एमाले र नेकपाले किन दिएनन् उम्मेदवारी ?|| Nepal Times
Apr 04, 2026
Playing
Top 15 Afternoon News || April-04-2026 || Nepal Times
Apr 04, 2026
Playing
राजदूत भन्छन– पत्र पठाएका छौँ, औपचारिक जानकारी छैन|| Nepal Times
Apr 04, 2026

१२ वर्षपछि रूप फेर्दै लुम्बिनी

२२ जेष्ठ २०७७

२२ जेठ,रुपन्देही ।

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वसम्पदा सूचीमा सूचीकृत क्षेत्रको आवधिक मर्मतसम्भार शुरु गरिएको छ । मायादेवी मन्दिर परिसरमा रहेको शाक्य पुष्करिणी, विहारका भग्नावशेष क्षेत्र तथा स्तूप र बोधिवृक्ष परिसरमा आवधिक संरक्षण तथा सरसफाइको काम भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । मायादेवी मन्दिरदेखि दक्षिणतर्फ रहेको पुष्करिणीमा बालक सिद्धार्थलाई जन्म दिनुअघि मायादेवीले नुहाएकी थिइन् ।

Advertisement

बन्दाबन्दीको समय सदुपयोग गर्र्दै झण्डै १२ वर्षपछि यस क्षेत्रमा मर्मतसम्भारको काम भइरहेको विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले जानकारी दिए । उनले भने, ‘आवधिक संरक्षण गर्ने समय भइसकेको थियो तर गर्न सकिएको थिएन, अहिले बन्दाबन्दीमा पर्यटक नभएको मौका पारेर काम गरिएको हो ।’

अहिले पुष्करिणीभित्रको सिँंढी तथा वरिपरिको भाग, विहारका भग्नावशेष क्षेत्र र बोधिवृक्ष परिसरको भाग मर्मत गर्ने काम भइरहेको अधिकृत उप्रेतीले बताए । लामो समयदेखि सरसफाइ र संरक्षणको काम नहुँदा पुष्करिणी फोहोर हुनाका साथै वरिपरिको भाग भत्किएको र पोखरीपूर्वमा रहेका विहारका भग्नावशेष तथा स्तूपका इँटा निस्कन थालेका कारण संरक्षणको काम गरिएको पुरातत्व अधिकृत उप्रेतीको भनाइ छ । ‘स्तूपका मौलिक विशेषता लुप्त हुन नदिन विशेष निगरानी गरेका छौँ’, उनले भने, ‘भत्किएका स्तूपलाई पहिलेकै स्वरुपमा सामान्य मर्मत गर्छौँ ।’

मायादेवी मन्दिरको दक्षिणतर्फ तेस्रो शताब्दी इसापूर्वदेखि चौथो शताब्दीसम्म बनेका विहारका अवशेष छन् । यस्तै मायादेवी मन्दिर परिसरमै रहेको झण्डै सय वर्ष पुरानो बोधिवृक्षको फेदमा माटो भर्ने काम गरिएको छ । बोधिवृक्ष बचाउनका लागि फेदमा माटो भरी दुबो लगाउने काम गरिने कोष पुरातत्व शाखाले जनाएकोे छ ।

विकास कोषका अनुसार लुम्बिनी सन् १९९७ मा विश्वसम्पदा सूचीमा सूचीकृत भएको हो । यो अहिले आध्यात्मिक, धार्मिक मात्रै होइन पुरातात्विक र सांस्कृतिक हिसाबले समेत त्यत्तिकै महत्वपूर्ण आकर्षण बनेको छ । यहाँ संसारका विभिन्न मुलुकबाट शान्ति तथा आध्यात्मिक उपलब्धि हासिल गर्न लाखौंँ लाख पर्यटक आउने गरेका छन् ।

कोषका कामु सदस्य सचिव ज्ञानिन राईले पुरातत्व विभाग, विकास कोष र युनेस्कोको आपसी सहमतिमा सरसफाइको काम भएको जानकारी दिए । उनका अनुसार इसापूर्वको तेस्रो शताब्दीमा मौर्य सम्राट् अशोकले यस स्थलको तीर्थाटन गरेका थिए । उनले मायादेवी मन्दिर परिसरमा अशोकस्तम्भ स्थापना गरी अभिलेख पनि कुँदाएकी थिइन् । यो कुराको जानकारी इसाको पाँचौंँ शताब्दीमा आएका चिनियाँ यात्री फाहियान र सातौंँ शताब्दीमा आएका अर्का चिनियाँ यात्री ह्युएन साङले आफ्नो यात्रा विवरणमा उल्लेख गरेका छन् ।

सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा सम्राट् अशोकद्वारा ‘लुंमिनीगाम’मा राखिएको अशोकस्तम्भ र त्यसमा रहेको अभिलेख भेटिएको हो । सन् १८९६ डिसेम्बर १ तारिखका दिन जर्मन पुरातत्वविद् डा.एलोसिस फ्युुहरर र खड्गशम्शेरले सिद्धार्थ गौतमको जन्मस्थान र अशोकस्तम्भ पत्ता लगाएका थिए ।

उक्त अभिलेखमा यो ठाउँको नाम लुंमिनीगाम भनेर उल्लेख गरिएको पाइन्छ । सो अभिलेखको प्राप्तिले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पहिचान भएको हो । त्यसबेलादेखि विश्वभर शाक्यमुनि बुद्धको जन्मस्थल लुम्बिनी नेपालको प्रदेश नं ५ स्थित रूपन्देही जिल्लामा पर्ने कुरा स्थापित भएको हो ।

लुम्बिनी बौद्ध धर्मालम्बीको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएका कारण युनेस्कोले मायादेवी मन्दिर र यस वरपरको क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको हो । विकास कोषका कामु सदस्य सचिव राईका अनुसार गौतम बुद्धको पवित्र जन्मस्थानमा निर्माण भएको मायादेवी मन्दिर इसापूर्व तेस्रो शताब्दीदेखि विभिन्न समयमा जीर्णोद्धार हुँदै आएको थियो ।

पछि लुुम्बिनीमा सन् १८९९ मा भारतीय पुरातत्वविद् पूर्णचन्द्र मुखर्जीले उत्खनन गरेका थिए । वरिष्ठ पुरातत्वविद् वसन्त बिंडारीकाअनुसार सन् १९३३ देखि १९३९ सम्म केशरशम्शेर जबराको नेतृत्वमा मायादेवी मन्दिर परिसरमा उत्खननन गर्ने क्रममा पुष्करिणीलाई चारैतिर इँटाले घेर्ने काम गरी संरक्षण गरेका थिए । ‘आवधिक संरक्षण यही समयमै गर्ने भन्ने हुँदैन, आवश्यकताअनुसार जहिले गर्दा पनि हुन्छ । यहाँका सम्पदामा अहिलेसम्म नराम्रो असर देखिएको छैन’, पुरातत्वविद् बिंडारीले भने, ‘मानिस हिँड्ने, बस्ने तथा जथाभावी धुपबत्ती बाल्ने हो भने सम्पदामा असर पर्छ, यी कुरालाई रोक्यौँ भने मात्रै पनि सम्पदाको सुरक्षा प्रकृतिले नै गर्छ ।’

सन् १९६२ मा भारतका पुरातत्वविद् देवला मित्रले उत्खनन् गरेका थिए । सन् १९७२ देखि १९८५ सम्ममा पुरातत्व विभागले लुम्बिनीको पुरातत्विक उत्खनन, अन्वेषण र संरक्षणको काम गर्दै आएको पाइन्छ । मायादेवी मन्दिरमा सन् १९९२ देखि १९९५ सम्ममा विभाग, जापान बुद्धिष्ट फेडरेशन र विकास कोषको संयुक्त तत्वावधानमा उत्खनन भएको थियो । सन् १९९६ मा उत्खनन् गर्दा भने यहाँ दुई इनार फेला परेका थिए ।

Advertisement

मन्दिर उत्खननका क्रममा बुद्धले पहिलो पटक पाइला टेकेको पवित्र स्थानमा रहेको ‘शिला’ रहेको कुरा उत्खननमा संलग्न विकास कोष, बुद्धिष्ट फेडरेशन र विभागको अध्ययन र अनुसन्धानबाट प्रमाणित भएकाले सरकारले २०५२ सालमा ‘मार्कर स्टोन’ पत्ता लागेको घोषणा गरेको विकास कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए । बन्दाबन्दीका कारण अहिले लुम्बिनी सुनसान छ ।–निरा गौतम/रासस

भर्खरको समाचार

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

पश्चिमी वायुको प्रभाव देशका विभिन्न स्थानमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

mausam_badali

सम्पत्ति शुद्धीकरणमा एक पछि अर्को ठुलो माछा जालमा पर्दै

Shankar-Agrawal

राष्ट्रिय सभामा शुन्य हुँदा रास्वपाले कसरी काम गर्न सक्छ ?

9e6006d1-580a-415c-801d-9a03b5128bb8

मजदुरी गर्न काठमाडौं छिरेका डीपीको सभामुखसम्मको यात्रा

ed7235c5-90ef-468b-af6c-235523f8458b

सपनाले जिम्मेवारी लिनासाथ सर्वाेच्चमा ऐतिहासिक घोषणा

af82af17-b06c-485f-b24b-3c8aa65ce714

ओली र लेखकको बयान सकियो, बयानमा के भने ?

oli lekhak

खाडीबाट नेपालीहरुका उद्धार गर्न तीन दिन विशेष उडान

Nepal-Airlines-wide_body

सम्बन्धित खबरहरु

Scroll to Top