×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

लकडाउनकै बीचमा काठमाडौँको सडक मर्मतको काम सकियो

२३ जेष्ठ २०७७

२३ जेठ,काठमाडौँ ।

कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे पनि डिभिजन सडक कार्यालयले नियमितरुपमा काम गर्दा लक्ष्यनुसार मर्मत सम्पन्न भएको हो ।

चालू आवमा ४१ किलोमिटर सडक मर्मत (ओभर ले) को लक्ष्य लिइएकामा अहिलेसम्म ४० किमीभन्दा बढीमा ‘ओभर ले’ सकिएको छ । अहिले झण्डै ३०० मिटर सडकमा ‘ओभर ले’ बाँकी रहेकाले अबको केही दिनमा सकिने कार्यालयले जनाएको छ । यस वर्ष डिभिजनले सडक मर्मतलाई नै बढी जोड दिएको डिभिजनका प्रमुख कुबेर नेपालीले बताए । नयाँ सडक र पुलको काम उल्लेखनीयरुपमा हुन नसके पनि यस वर्ष सडक मर्मतको काम लक्ष्यनुसार भएको हो । उनले भने, ‘मुख्य र सहायक सडकमा गर्नैपर्ने मर्मतको काम अब धेरै बाँकी छैन ।’

विगतका वर्षहरुमा काठमाडौँ उपत्यकामा रहेका खाल्टाखुल्टीकै कारण सडक विभागको आलोचना हुने गरेको थियो । शहरी क्षेत्रमा समेत धेरै सडक हिउँदमा धुलो र वर्षाका समयमा धुलो हुँदा स्थानीयवासी हैरान थिए । वर्षा पहिले गौशाला–चावहिलबाहेक अधिकांश सडक कालोपत्र भइसकेको छ । यसबीचमा विभिन्न स्थानमा पटके मर्मतको कामसमेत भइरहेको छ । उनले भने, ‘नयाँ निर्माणभन्दा पहिले बनेका सडक मर्मत बढी भएको छ ।’

बन्दाबन्दीका समयमा विभिन्न निकायले आफ्ना काम ठप्प गरेका थिए । सडक विभागअन्तर्गतकै कतिपय सडक आयोजनाले बन्दाबन्दीको केही सातासम्म निर्माणको काम अघि बढाएको थिएन । डिभिजनले भने बन्दाबन्दीको शुरुवाती दिनदेखि नै काम गरिरहेको छ । शुरुका दिनमा थोरै जनशक्तिबाट सडक रङरोगनको काम शुरु भएको थियो । बन्दाबन्दीको केही सातादेखि नै आवश्यक स्वास्थ्य सावधानी अपनाएर सडक निर्माण र मर्मतको काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले सामाजिक दूरी र आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर बन्दाबन्दीमा समेत निर्माणको काम गरिरहेको उनले जानकारी दिए ।

बन्दाबन्दीको अवधिमा मात्रै १५ किमीभन्दा बढी सडक ‘ओभर ले’ भएको छ । चालू आवभित्र कालोपत्र भएका सडकमा रङरोगनको काम झण्डै तीन किमीमात्रै बाँकी रहेको उनले बताए । ‘ओभर ले’ र नयाँ सडकमा कालोपत्र भएका ठाउँमा सडक चिह्न लगाउने काम पनि अघि बढिरहेको छ । उनले भने, ‘ओभर ले भएका अरु सडकमा केही दिनभित्रै रोड मार्किङ सकिनेछ ।’

चालू आवमा नयाँ सडक निर्माण र पुल निर्माणको काम भने लक्ष्यनुसार हुन नसकेको विभागले जनाएको छ । ३० किमी सडक निर्माणको लक्ष्य राखिएकामा १२ किमीमात्रै सकिएको प्रमुख नेपालीले बताए । सडक मर्मत (ओभर ले) का लागिभन्दा नयाँ सडक निर्माणका लागि जनशक्ति र सामग्री दुवै बढी चाहिने र धेरै समय लाग्ने भएकाले गर्न नसकिएको उनको भनाइ छ । ‘ओभर ले’ मा कालोपत्र सडकमा माथिबाट कालोपत्र थप्न सजिलो भए पनि नयाँ बनाउँदा आवश्यक पूर्वाधार निर्माणदेखि धेरै किसिमका काम गर्नुपर्ने हुन्छ । डिभिजनले अहिले सितापाइला क्षेत्रमा सडक कालोपत्र गरिरहेको छ । पहिले एक लेनको सडकलाई दुई लेनको चौडा गरेर कालोपत्र भइरहेको हो । बिहीबारसम्म दुई किमी सकिएकामा शुक्रबार थप डेढ किमी सडकमा कालोपत्र हुने उनले जानकारी दिए ।

डिभिजनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) सँग संयुक्त ठेक्कामा गौशाला–चावहिल र पुलतीसडक सडकमा निर्माणको काम गरिरहेको छ । यो सडकमा संयुक्त ठेक्कामा पाइप हाल्ने र सडक निर्माण भइरहेको छ । पुतलीसडकमा ह्युमपाइप बिच्छाएर सडक निर्माण भइसकेको छ । गौशाला–चावहिलमा भने पाइप बिच्छाउने काममात्रै सकिएको छ । नेपाल विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छाउन लागेकाले सडक कालोपत्र गर्न नसकिएको हो । उनले भने, ‘गौशालादेखि मित्रपार्कसम्मको सडक चालू आवभित्र सम्पन्न भए पनि मित्रपार्कदेखि चुच्चेपाटी गर्न सकिने देखिएको छैन ।’

नयाँ सडक निर्माणमात्रै होइन पुल निर्माणको कामले पनि गति लिन सकिरहेको छैन । डिभिजनले चालू आवमा पाँच सडक पुल निर्माणाधीन रहेकामा ती सबैको निर्माण रोकिएको उनले बताए । उनले भने, ‘चालू आवमा सम्पन्न हुने सम्भावना कम छ ।’

डिभिजनले जनशक्ति र निर्माण सामग्री सहजरुपमा उपलब्ध नभए पनि निर्माणलाई निरन्तरता दिएको हो । वर्षाका कारणले पनि चालू आवका बाँकी दिनमा काम गर्न सहज नभएको उनले बताए । बन्दाबन्दीको समयमा सडक निर्माणका लागि आवश्यक पर्ने जनशक्ति टाढाका जिल्लाबाट ल्याउन नसकिने त छँदैछ आवश्यक सामग्री पनि सहजरुपमा उपलब्ध छैन । अहिले पनि क्रसर उद्योग रातमा मात्रै खुल्ने गरेका छन् । उनले भने, ‘लकडाउनले गर्दा भनेको जस्तो सामान नपाउने र पाए पनि गुणस्तरीय नपाउने समस्या छ ।’– सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top