×

NEPAL TIMES UPDATES

Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026
Playing
Nepal Election Update: रास्वपाको लहर, १७ जित र १०० क्षेत्रमा अग्रता – काठमाडौं क्लिन स्विप
Mar 07, 2026
Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026

एक हप्तामै कुवेतमा तीन नेपालीको मृत्यु, खाडीमा सय भन्दाबढी शव अलपत्र

२४ जेष्ठ २०७७

योगेन्द्र योगी
२४ जेठ, दोहा ।

रोजगारीको लागि कुवेत पुगेका तीन नेपाली कामदारको मृत्यु भएको छ । दैलेखका ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ । उनको के कारण मृत्यु भएको हो विस्तृत विवरण आउँन बाँकी रहेको कुवेतस्थित नेपाली दूताबासले जनाएको छ ।

मृतक चन्द लामो समय देखि कुवेतमा काम गर्दै आएका थिए । यता, लम्जुङका तेज गुरुङले पनि आत्माहत्या गरेका छन् । उनलाई कोरोना पोजेटिभ देखिएर क्वारेन्टाइनमा राखिएको र त्यहिँ आत्महत्या गरेको जनाइएको छ ।

बाग्लुङ घर भएकी निर्मला पुन मगरको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ । उनले अत्यधिक मदिरा सेवन गरेको कारण मृत्यु भएको भनिए पनि आधिकारिक रुपमा पोष्टमाटमको रिपोर्ट आउन बाँकी रहेको दूताबासले जनाएको छ ।

कोरोनाको कारण उडानमा अस्थायी रोक लागेपछि बिदेशमा ज्यान गुमाएका नेपालीको शव अलपत्र परेको छ। कोरोनाको नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउनका कारण शव पठाउन समस्या भएको खाडीस्थित नेपाली दूताबासहरुले जनाएका छन् ।

नेपालमा अन्तर्राष्ट्रिय उडानमा अस्थायी रोक लागेपछिको अवधिमा कतारमा ४० जना नेपाली कामदारको मृत्यु भएको कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रवीण भट्टराईले जानकारी दिएका छन् ।

सचिव भट्टराईले दिएको जानकारी अनुसार हालसम्म ९ वटा शव कतारमै दाहसंस्कार गर्न परिवारबाट सहमति प्राप्त भएको र ३ जनाको दाहसंस्कार सम्पन्न भईसकेको छ । वैदेशिक रोजगारीमा कोरोना लगायत भिबिन्न कारणले ज्यान गुमाएका सयभन्दा बढी नेपालीको शव अलपत्र अवस्थामा छ ।

त्यहाँस्थित दूताबासका अनुसार साउदीमा ३३,यूएईमा २१,कुवेतमा १० , बहराइन २ तथा ओमानमा एक जना नेपाली कामदारको शव अलपत्र अवस्थामा रहेका छन् । नेपाली सरकार गएको चैत ११ गतेदेखि जारी गरेको लकडाउनका कारण विदेशमा अलपत्र रहेका शव संगै समस्यामा रहेका नेपालीहरु फर्किन सकेका छैनन्।

यता , सुक्रबार मात्र पहिलो चरणमा म्यानमार सेनाको एयरफोर्समार्फत म्यानमारमा रहेका २६ नेपालीलाई काठमाडौंमा उतारी दिएको छ भने यूएईले पनि जहाज चार्टड गरेर एकसय ६८ जना नेपालीलाई नेपाल पठाएको छ ।

नेपाल सरकारले तय गरेको प्राथमिकताका आधारमा नेपाल पठाउने गरी दूतावासले सूची तयार गरेको थियो । तर, प्राविधिक कारण देखाउँदै उनीहरुलाई यूएईमै रोकिएको छ भने दूतावासकाे सूचीभन्दा बाहेकका नेपाली जहाजमा फर्किएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top