२६ जेष्ठ, जनकपुरधाम ।
महोत्तरीमा क्वारेन्टिनबाट फर्केका एकजनाको मृत्यु भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर १० का ४० वर्षीय पुरुषको मृत्यु भएको गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले जानकारी दिए । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार उनलाई क्वारेन्टिनबाट घर पठाइएको थियो । नगरप्रमुख महतोले भने, ‘उनको रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फर्केका थिए ।
आइतबार पूरै दिन खाना नखाएको र रक्सी समेत खाएको मैले जानकारी पाएँ ।’ मृत्य भएका ४० वर्षीय पुरुष जेठ ६ गते भारतको हरियाणाबाट आएर क्वारेन्टिनमा बसेका थिए । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनी आफ्नो घर फर्केका थिए ।
कोरोना रिपोर्ट नेगेटिभ आएकोले कोरोनाको संक्रमणले नभई कालगतिले उनको मृत्यु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वालले बताए ।