३२ जेठ, इनरुवा।
सुनसरीको इनरुवामा भीषण आगलागी भएको छ । इनरूवाको मेन बजारमा रहेको हनुमान बस्त्रशस्त्रमा आगलागी भएको हो । उक्त कपडाको पसलबाट सुरू भएको आगो छेउमा रहेका अन्य पसलमा समेत सल्केको छ ।
आगो निभाउनका लगि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटेका छन् । ५ वटा दमकल प्रयोग गरिएको छ । हालसम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगलागीको कारण भने खुलेको छैन् ।
