×

NEPAL TIMES UPDATES

Playing
इरानले अमेरिकाभित्रै आक्र मण गर्न सक्ने,एफबीआईको सनसनीपूर्ण खुलासा|| Nepal Times
Mar 12, 2026
Playing
साउदीले १८ ड्रोन खसाल्यो, जब साउदीका आकाश ड्रोनले भरिए || Nepal Times
Mar 12, 2026
Playing
Top 15 Afternoon News || March-12-2026 || Nepal Times
Mar 12, 2026
Playing
सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अ प राधी ?|| Nepal Times
Mar 12, 2026
Playing
१६ वर्षसम्म उडान भरेको जहाज बुद्धले थन्क्यायो,ग्राउन्डेड जहाज के हुन्छ ?|| Nepal Times
Mar 12, 2026
Playing
निर्वाचनको हार ओलीले सम्मानका साथ स्वीकारे, अब नसच्याए सकिने || Nepal Times
Mar 12, 2026
Playing
इरान यु द्धको १२ औं दिनः चाडै यु द्ध अन्त्य हुने ट्रम्पको घोषण|| Nepal Times
Mar 12, 2026
Playing
शहबाज शरीफले पनि रवि र बालेनलाई दिए बधाई|| Nepal Times
Mar 12, 2026
Playing
२१ महिनाको आयात धान्ने विदेशी मुद्रा सरकारको ढिकुटीमा|| Nepal Times
Mar 12, 2026
Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026

भारत सरकारले लगायाे पतञ्‍जलिले बनाएको ‘कोरोनाविरुद्धको’ औषधिमा रोक

१० असार २०७७

१० असार, काठमाडौँ ।
भारतीय आयुर्वेद कम्पनी पतञ्जलिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको औषधि सार्वजनिक गरेको केही घण्टा नबित्दै भारत सरकारले त्यसको प्रचारप्रसारमा रोक लगाएको छ ।

पतञ्जलिले तयार पारेको औषधि वैज्ञानिक रूपमा प्रमाणित नभएको हुँदा यसले सर्वसाधारणमा भ्रम र जोखिम दुवै निम्तिन सक्ने भएकाले भारतको आयुष मन्त्रालयले त्यसको प्रचारप्रसारमा रोक लगाउने निर्णय गरेको हो ।

‘वैज्ञानिक परीक्षणसम्बन्धी तथ्य र विवरणबारे मन्त्रालयलाई जानकारी गराइएको छैन,’ मन्त्रालयले भनेको छ । साथै मन्त्रालयले औषधि बनाउन प्रयोग गरिएका पदार्थहरूको विवरण, अस्पतालमा गरिएको क्लिनिकल ट्रायलको नमुनाको संख्या, नतिजा र त्यसका लागि पूर्वस्वीकृति लिएको वा नलिएको समेतको जानकारी चाँडोभन्दा चाँडो दिन पनि भनेको छ ।

भारतीय कम्पनी पतञ्जलिले मंगलबार कोरोना भाइरस बिरामीको उपचारका लागि ‘दिव्य कोरोनिल किट’ नामक औषधि सार्वजनिक गरेको थियो । योगगुरु रामदेव र कम्पनीका अध्यक्ष आचार्य बालकृष्णले हरिद्वारस्थित पतञ्जलि योगपीठमा मंगलबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसविरुद्धको औषधि ‘कोरोनिल ट्याबलेट’ र ‘स्वासरी वाटी’ र ‘अणु तेल’ सार्वजनिक गरेका थिए । कार्यक्रममा रामदेवले क्लोरिन आयुर्वेदिक उत्पादन भएको र यसले कोरोना भाइरसका बिरामीलाई पूर्ण रूपमा निको पार्ने दाबी गरेका थिए ।

यसैगरी पतञ्जलिले यो औषधिलाई संक्रमितको उपचार गर्नमात्र नभएर संक्रमण हुनबाट रोक्न पनि प्रभावकारी दाबी गरेको थियो । पतञ्जलीका अध्यक्ष आचार्यले अश्वगन्धा, अणु तेललगायतका जडीबुटीबाट दुई वटा औषधि बनाइएको जानकारी दिएका थिए ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको औषधि पत्ता लाग्न बाँकी रहेको बताइरहेका बेला पतञ्जलिका तर्फबाट पछिल्लो दाबी आएको हो ।पतञ्जलिले यो औषधि खाने बिरामी ५ दिनदेखि १४ दिनभित्र सञ्चो हुनेसमेत दाबी गरेको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top