×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

नेपालमा कुल कोरोना सङ्क्रमितमध्ये बालबालिकाको दर बढ्दै, सचेत रहन अभिभावक आग्रह

२३ असार २०७७

२३ असार, काठमाडौं ।
नेपालमा बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण बढी देखिनुमा हुर्काउने शैली कारक रहेको हुनसक्ने भन्दै ख्याल गर्न चिकित्सकहरूले सुझाएका छन्।

कुल सङ्क्रमितमध्ये बालबालिकामा सङ्क्रमणको दर बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो। हालसालै कोरोनाभाइरसका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार गराइरहेका एकजना ४९ दिनका शिशुको मृत्यु भएको छ।

त्यस्तै सुदूरपश्चिम प्रदेशमा मात्रै नौ वर्ष मुनिका १७५ जना बालबालिकामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमण देखिएका सबै बालबालिका आमाबाबुसँगै भारतबाट फर्किएका रहेको मन्त्रालयले जनाएको छ।

बालबालिकामा सङ्क्रमण बढ्दै जाँदा मन्त्रालय र चिकित्सकहरूले त्यसबारे सचेत रहन अभिभावकहरूलाई आग्रह गरेका छन्। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धेरैजसो सङ्क्रमित बालबालिकाहरू भारतबाट बाबुआमासँगै आएका वा यता आएपछि सरेका छन्।

बालबालिकामा सङ्क्रमण बढ्दै जानुको कारण उनीहरूलाई हुर्काउने हाम्रो शैली हुन सक्ने उनले बताए। डा. अधिकारीले भने, “कोरोनाभाइरसको सङ्क्रमणबाट जोगाउन सङ्क्रमण भएका वा सम्भावित सङ्क्रमित व्यक्तिलाई सन्तानबाट टाढा रहनुपर्छ भन्ने चेत नभएकोले पनि यस्तो भएको हुन सक्छ।”

कारक
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनका अनुसार नेपालका बालबालिकामा सङ्क्रमण देखिने सङ्ख्या हेर्दा उनीहरूलाई बाबुआमाले जोगाउनुपर्ने देखिएको बताउँछन्।

उनी भन्छन्, “आमाबाबुले आफ्नो जुठो खानेकुरा बच्चालाई खान दिने लगायतका हाम्रा पुराना बानीव्यवहारका कारणले पनि बालबालिकामा सरेको हुन सक्छ।” अहिलेसम्मको सङ्क्रमित बालबालिकाको सङ्ख्या हेर्दा आत्तिनुपर्ने खालको नभए पनि अभिभावकहरू सचेत हुनुपर्ने उनी बताउँछन्।

“बालबालिकालाई खाना खुवाउँदा छुट्टै भाँडामा खुवाउनुपर्छ, जुठो खुवाउनु हुँदैन। सङ्क्रमणका लक्षण देखिएका छन् भने बालबालिकाबाट आमाबाबु वा नजिकका आफन्त टाढा बसिदिनुपर्छ।

कोरोनाभाइरसको सङ्क्रमण हुनसक्ने सबै क्रियाकलापमा बालबालिकाबारे सोचेर सचेत हुनुपर्छ,” डा. पुनले भने। बालबालिका जहाँतहीँ गएर खेल्ने भएकोले जथाभावी थुक्न नहुने, उनीहरूको अगाडि खोक्दा वा हाच्‍छिउँ गर्दा सचेत हुनुपर्ने उनी बताउँछन्।

कसरी जोगाउने ?
“सङ्क्रमण भए पनि नभए पनि बालबालिकासँग खेल्दा साबुनपानीले हात धोएर मात्रै खेल्ने गर्नुपर्छ।

आफ्नो सहजताभन्दा पनि कोरोनाभाइरसको सम्भावित सङ्क्रमण टार्न त्यसबाट जोगिने गरी जीवनशैली ढाल्नुपर्ने भएको छ,” डा. पुनले भने। सङ्क्रमित बालबालिकाले अरूलाई सार्ने सम्भावना बढी भएकोले त्यसतर्फ पनि अभिभावकहरू सचेत हुनुपर्ने उनले बताए।

“सङ्क्रमण भएर पनि लक्षण नदेखिएको हुनसक्छ । तर उनीहरूले अरूलाई सार्न सक्छन्। त्यसबारे निकै चनाखो बन्नुपर्छ,” डा. पुनले भने। “कोरोनाभाइरसको सङ्क्रमण हुन नदिन सकेसम्म बालबालिकालाई घरमै राख्ने र भिडभाडमा नलैजाने गर्नुपर्छ।

बाहिर जानु परेमा अनिवार्य आफू र बालबालिका दुवैले मास्क लगाउने र अरूसँग दूरी राख्ने नियम पालना गर्नुपर्छ।” मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितको सङ्ख्या १४,५०० नाघ्दा १८ वर्षमुनिका करिब २,१०० जनामा सङ्क्रमण देखिएको थियो।

दश वर्षमुनिका सङ्क्रमित बालबालिकाको सङ्ख्या ५०० नाघेको थियो। (बीबीसी)

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top