२३ असार, काठमाडौं ।
मंगलबार(आज) सुनचाँदीको भाउ केही बढेको छ ।
सोमबारको तुलनामा मंगलबार सुन तोलामा सात सय रुपैयाँले महँगिएको छ भने चाँदीको भाउ पनि १० रुपैयाँले बढेको छ । पाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाला सुन तोलाको ९० हजार ९ सय कायम गरेको छ । सोमबार तोलाको ९० हजार २ सयमा कारोबार भएको थियो ।
आइतबार भने तोलाको ९० हजार ५ सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको भाउ पनि तोलामा सात सय रुपैयाँले बढेर ९० हजार ४ सय ६० पुगेको महासंघले जनाएको छ । यसैगरी चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ९५० कायम भएको महासंघले जनाएको छ ।