×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

सेतीनदी किनार क्षेत्रमा बस्दै आएका ४३ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण

२७ असार २०७७

२७ असार, तनहुँ ।
बिहीबार रातिदेखि अविरल वर्षात् कारण सेतीनदी किनार क्षेत्रमा बस्दै आएका तनहुँको शुक्लागण्डकी नगरपालिका क्षेत्रका ४३ घरपरिवारका करिब २०० बढी जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

सेती नदीमा पानीको बहाव एक्कासि बढेपछि शुक्लागण्डकी नगरपालिका–४ का २८ र शुक्लागण्डकी नगरपालिका–८ का १५ घरपरिवार गरी ४३ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको हो । असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्नका लागि नेपाल प्रहरी, नेपाली सेना, नगरपालिका, स्थानीयवासी सक्रियरुपमा लागेको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

पानी परिरहेकाले उनीहरुलाई सुरक्षित स्थानमा लैजानसमेत कठिनाइ भएको छ । उनले भने, “हालसम्म कुनै क्षति नभए पनि जोखिम भने उत्तिकै बढ्दै गएको छ ।” शुक्लागण्डकी ४ र ८ जोड्ने काठेपुलभन्दा पनि काठेपुलदेखि केही दूरी तल रहेको पुल्चोकस्थित पक्की पुललाई खतरा हुने देखिएको शुक्लागण्डकी नगरपालिकाका सूचना अधिकारी त्रिलोचन लम्सालले जानकारी दिए ।

शुक्रबार बिहान अविरल वर्षात् परिरहेकाले सेतीनदीले काठेपुल नाघेर गएको छ । उनले भने, “केही समय वर्षात् लम्बिँदै गयो भने खतरा बढ्न सक्ने देखिएको छ ।” पछिल्लो विवरणअनुसार शुक्लागण्डकी नगरपालिका–४ का असुरक्षित रहेका बासिन्दालाई मगर समाज गुरुङ समाज र राधाकृष्ण मन्दिर आसपास क्षेत्रमा स्थानन्तरण गरिएको छ ।

त्यसैगरी शुक्लागण्डकी ८ का बासिन्दालाई तिब्बतीय क्याम्पमा स्थानन्तरण गरिएको शुक्लाण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । अहिलेसम्म कुनै पनि मानवीय क्षति नभए पनि बङ्गुर र कुखुरा बगाएको भनिए पनि के कति परिमाणमा बगाएको हो भन्ने तथ्याङ्क नरहेको उनले बताए ।

वर्षात्का कारण पृथ्वीराजमार्गअन्तर्गत पर्ने ७२ किलोमिटर दूरीमा भने अहिलेसम्म कुनै अवरुद्ध नरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । जिल्लाको पूर्वी सिमना मुग्लिन र पश्चिम सिमना कोत्रे क्षेत्रसम्म राजमार्ग सुचारु रहेको उनले बताए । (रासस)

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top