२८ असार, सङ्खुवासभा ।
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका-१ सिसुवाखोलामा पहिरो जाँदा ७ घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता परेका छन् ।
अविरल बर्षापछि गएराती गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ बगाएको हो । अहिले विहान घटनास्थल तर्फ प्रहरी गईरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । अहिले पनि भारी बर्षा भईरहेको छ । घटनाको थप बिवरण आउन बाँकी छ ।