×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

पेट्रोलियम पदार्थको मूल्य वृद्धि व्यवहारिकः आयल निगम

२८ असार २०७७

२८ असार, काठमाडौँ ।
नेपाल आयल निगमले पछिल्लो समय पेट्रोलियम पदार्थमा व्यवहारिक रुपमा नै मूल्य वृद्धि भएको बताएको छ । दशदिनको अवधिमा दुई पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना भइरहेको बेला निगमले ‘अटो प्राईसिङ’ भन्दपनि व्यवहारिक रुपमा समायोजन भएको बताएको हो ।

भारतीय आयल निगमबाट आएको मूल्यसूची अनुसार हरेक १५ दिनमा समायोजन गर्नुपर्ने भएपनि पछिल्लो समय निगमले दश दिनको अवधिमा २ पटक मूल्य बढाएको छ । यद्यपी निगमले अटो प्राईसिङ भन्दा व्यवहारिक रुपमा मूल्य समायोजन गर्दा ३ रुपैयाँ सस्तो भएको बताएको छ ।

हरेक १५ दिनमा समायोजन गर्नुपर्ने प्रकृया अनुसार अहिले पेट्रोलको मूल्य १ सय ५ रुपैयाँ ५० पैसा, डिजेलको ९१ रुपैयाँ ५० पैसा र एलपी ग्यासको मूल्य १४ सय ५ रुपैयाँ हुने भएपनि व्यवहारिक रुपमा समायोजन हुँदा आज पेट्रोल १ सय २, डिजेल ८८ र एलपी ग्यासको मूल्य १३ सय ७५ रहेको निगमले जनाएको छ ।

निगमका प्रवन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले १६ जुलाईमा अटो मेकानिजमले २ रुपैयाँ बढाउन भनेपनि निगमले त्यसो नगरेको बताए । उनले भने, ‘अटो प्राइसिङमा २ रुपैयाँ भन्दा बढी घटाउन नमिल्ने अवस्थामा पनि एकैपटक १० रुपैयाँ घटाएका छौँ सञ्चालक समितिको निर्णयबाट । घटाउनु भनेको ठाउँमा घटाएका छौँ तर बढाउनुपर्ने ठाउँमा बढाएका छैनौँ ।’

निगमले आर्थिक वर्ष २०७६÷०७७ मा १० अर्ब ८६ करोड नाफा कमाएको छ । चालु आर्थिक वर्ष सकिन केही समय बाँकी रहेकाले अझै नाफा बढ्न सक्ने अनुमान निगमले गरेको छ । गतवर्ष निगमले ८ अर्ब ७५ करोड नाफा कमाएको थियो । चालु आर्थिक वर्षको सुरुमा १ सय ८ रुपैयाँ रहेको पेट्रोल वर्षको अन्तिमसम्म १ सय २ रुपैयाँमा सिमित रहेको उनले बताए ।

चालु आर्थिक वर्षमा ५ वटा मूल्यवृद्धि र ५ पटक नै मूल्य घटेको छ । एलपी ग्यासमा निगमले प्रतिसिलिण्डर २ सय ७५ रुपैयाँ नाफा लिएर बेचिरहेको छ । जसका कारण डिजेल पेट्रोलको मूल्य सस्तो भएको उनले बताए । सरकारलाई चालु आर्थिक वर्षमा करिब ६६ अर्ब रुपैयाँ राजस्व बुझाउने अनुमान गरिएको छ । अहिलेसम्म विभिन्न शीर्षकमा ६५ अर्ब भन्दा बढी राजस्व बुझाएको निगमले वर्षको अन्तिमसम्म ६६ अर्ब राजस्व पुग्न सक्ने अुनमान गरेको छ ।

निगमले भन्सार शुल्कवापत १५ अर्ब १३ करोड, सडक मर्मत शुल्कका लागि ५ अर्ब २ करोड, वातावरण खर्चका लागि ३ अर्ब १ करोड, मूल्य अभिवृद्धि करवापत २५ अर्ब ५२ करोड रुपैयाँ, पूर्वाधार विकास करवापत १३ अर्ब ६७ करोड रुपैयाँ र आयकर ३ अर्ब ८५ करोड रुपैयाँ राजस्व बुझाएको छ । आइतबार निमगले पत्रकार सम्मेलन गर्दै नयाँ विक्रेताका लागि परेका आवेदनहरु रद्द गरेको समेत जनाएको छ । २०७६ बैशाख १७ र भाद्र १० गते निगमले जारी गरेको सूचना अनुसार १ हजार २५ आवेदन परेकोमा सबै रद्द भएका हुन् । जनसंख्या, भूगोल, सवारी साधनको संख्या र सडक जनघनत्वका आधारमा आवेदन नपरेकाले उद्द गरिएको निगमले जनाएको छ । निवेदनहरु एकैस्थानमा एकीकृत हुनेगरी आएको निगमले जनाएको छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top