३० असार, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको किस्ता तथा ब्याज, सक्नेलाई तिर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गरेको छ । महासंघले एक सार्वजनिक सूचना जारी गर्दै तिर्न सक्ने उद्योगी/व्यवसायीहरुलाई ऋणको साँवा तथा ब्याज समयमै तिर्न आग्रह गरेको हो ।
तिर्न नसक्नेहरुका लागि भने नेपाल राष्ट्र बैंकले ल्याउन लागेको आगामी मौद्रिक नीतिले सम्वोधन गर्ने महासंघले बताएको छ । बैंक र उद्योगी व्यवसायीहरुका बीचमा देखिएका समस्याका विषयमा पनि नियमित छलफल भइरहेको महासंघले जनाएको छ ।
महासंघ र नेपाल बैंकर्स संघबिच हरेक महिना छलफल गर्ने सहमति नै भएको भन्दै केही सुझाव तथा सल्लाह भए पठाउन महासंघले सबै उद्योगी/व्यवसायीहरुसँग आग्रह समेत गरेको छ ।