३० असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी छाडेको सुरूङमा दुई जना बेपत्ता भएका छन् ।
सुरूङबाट पानी परीक्षण भइरहेका बेला एक ठाउँबाट एक्कासि पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका आयोजनाकै इञ्जिनियर र चालक बेपत्ता भएका हुन् ।
सुरूङमा बेपत्ता चार जनामध्ये २ जनाको उद्धार गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
परीक्षणका क्रममा एउटा गेटबाट पानी बाहिर निस्केपछि उनीहरू अवस्था बुझ्न गएका थिए ।
घटना हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित आयोजनाकै सुरूङमा भएको हो।