१ साउन, झापा । झापाको अर्जुनधाराका एक ३ वर्षीय बालकको पानीमा डुबेर मृत्यु भउको छ । अर्जुनधारा नगरपालिका ११ बस्ने प्रबिन मुर्मुको ३ बर्षीय छोरा ऋषि मुर्मुको पानीमा डुबेर मृत्यु भएको हो ।
बिहीबार बिहान घर नजिकै रहेको हिले खोलामा डुबिरहेको अवस्थामा आफन्तले फेला पारी तत्काल उद्धार गरी उपचारको लागी बि.एण्ड.सी अस्पताल बिर्तामोड लगिएकोमा अस्पताल पु¥याउना साथ बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
