×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

ह्युस्टनको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न अमेरिकी आदेश

७ श्रावण २०७७

७ साउन, बेइजिङ ।

संयुक्तराज्य अमेरिकाले ह्युस्टनमा रहेको चिनियाँ महावाणिज्यदूतावास कार्यालय बन्द गर्न आदेश दिएको छ । चीनले अमेरिकाको उक्त कदमले दुवै मुलुकबीचको कुटनीतिक सम्बन्धलाई थप हानि पु–याउने भन्दै विरोध गरेको छ ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिकाबीच पछिल्ला केही वर्षदेखि विभिन्न विषयमा गम्भीर मतान्तर रहँदैआएको छ । पछिल्लो समय अर्ध–स्वायत्त हङकङका सन्दर्भमा पारित भएको विवादास्पद राष्ट्रिय सुरक्षा कानुनलाई लिएर अमेरिकाले तीव्र असन्तोष व्यक्त गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले महावाणिज्यदूतावास बन्द गर्न दिइएको गलत आदेश तत्काल फिर्ता गर्न चीनले अमेरिका समक्ष आग्रह गरेको बताए । उनले अमेरिकाले उक्त कदम नसच्याए चीनले पनि जवाफमा उपयुक्त र आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्।

प्रवक्ता वाङले भने, “यो अमेरिकाले एकपक्षीय रुपमा सञ्चालन गरेको राजनीतिक भडकाउपूर्ण कार्य हो, र यसले अन्तर्राष्ट्रिय कानुनको समेत गम्भीर उल्लङ्घन गर्दछ । साथै यो चीन र अमेरिकाबीच भएको द्विपक्षीय कन्सुलर सम्झौताको पनि उल्लङ्घन हो ।” उनले अमेरिकाबाट भएको यो लज्जाजनक एवम् अन्यायपूर्ण कदमको हामी कडा शब्दमा निन्दा गर्दछौँ भन्दै यस कदमले चीन–अमेरिका सम्बन्धलाई ध्वस्त बनाउन सक्नेछ भने।

ह्युस्टनस्थित स्थानीय सञ्चारमाध्यमका अनुसार महावाणिज्यदूतावास परिसरमा भवनका कागजात जलाइएपछि स्थानीय अग्निनियन्त्रक र प्रहरीहरु साँझपख कन्सुलेट भवनमा आइपुगेका थिए । ह्युस्टन प्रहरी प्रमुखले भवनको परिसरबाट धुवाँ निस्केको जानकारी दिँदै भवन परिसरभित्र प्रवेश गर्न नदिइएको बताए ।रासस / एएफपी

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top