×

NEPAL TIMES UPDATES

Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026
Playing
IRAN-AMERICA-ISRAEL बीचको अपडेटः १० हेडलाइन || Nepal Times
Mar 12, 2026
Playing
World News:इराकको तेल भण्डार बन्द, तेलको भाउ २ सय डलर पुग्ने || Nepal Times
Mar 12, 2026

नेपालमा विद्युतको संभावना देखाउने कुलमानको कार्यकाल सकिँदै

१३ श्रावण २०७७

१३ चैत, काठमाडौँ ।
अन्धकारमा बसेका नेपालीका घरघरमा उज्यालो पुर्याएर वास्तविक हिरोको रुपमा जनजनमा बसेका लोडसेडिङ किलर कुलमान घिसिङको नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकको पदावधि आगामी भदौमा सकिँदैछ । २०७३ भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आउँदो भदौ २९ गते सकिन लागेको हो ।

नेपालमा लोडसेडिङको अन्त्य, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेको लगायतका कामबाट जनताले सर्वाधिक रुचाएका र नेशनल हिरोको उपाधि पाएका ब्यक्ति हुन् कुलमान घिसिङ । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएकै वर्ष काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त गरेर वाहवाही कमाउन शुरु गरेका कुलमानले आफ्नो कार्यकालभरी चर्चैचर्चा बटुलिरहेका छन् ।

हिउँदमा दैनिक १८ घन्टा र बर्खायाममा समेत दैनिक ८ घन्टा लोडसेडिङको समस्या खेपिरहेको नेपालमा लोडसेडिङको अन्त्य गरिनु कुनै चमत्कार भन्दा कम थिएन । एक किसिमले सम्भव नै छैन होला भन्ने मानसिकतामा पुगि सकेका नेपालीलाई झलमल विजुली दिन सफल कुलमान लोडसेडिङ किलर बन्न पुगे । अहिले वर्खायाममा बिजुली बेच्ने अवस्थामा नेपाल पुगेको छ । चमेलिया, कुलेखानी तेस्रो, त्रिशूली थ्रि ए लगायतका रुग्ण जलविद्युत आयोजना सम्पन्न गरेका कुलमानले प्रशारणलाइन र सबस्टेसनको निर्माण र मर्मतलाई पनि उत्तिकै प्राथमिकता दिएका थिए ।

कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेको प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५–७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा लगेका छन् । आर्थिक वर्ष २०७२–७३ मा ३४ अर्ब ६१ करोड सञ्चित नोक्सानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५–७६ मा १५ अर्ब २२ करोडमा झार्न सफल भएको छ । आर्थिक वर्ष २०७२–७३ मा ३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणले आर्थिक वर्ष ०७५–७६मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको थियो । प्राधिकरणको सहायक कम्पनीहरुमार्फत निर्माण हुन लागेका १४० मेगावाटको तनहुँ, ४० मेगावाटको राहुघाट र ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्रि बी जलविद्युत आयोजनाको काम द्रुत गतिमा अघि बढेको छ । प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत कम्पनी अन्तर्गतका १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी, ४२ दशमलव ५ मेगावाटको सान्जेन र १४ दशमलव ८ मेगावाटको माथिल्लो सान्जेन आयोजना छिट्टै निर्माण सम्पन्न हुने अवस्थामा छन् ।

कुलमानकै कार्यकालमा ढल्केबर २२० केभी सबस्टेसन निर्माण सम्पन्न गरी नेपाल भारतबीचको अन्तरदेशीय प्रसारण लाइन मुजफरपुर ढल्केबरलाई २२० के.भी. मा चालु गरिएको छ । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र बिहारबीच विद्युत आदानप्रदानको क्षमता विस्तार भएको छ । काठमाण्डौ उपत्यकमा जथाभावी रुपमा राखिएको तारलाई अन्डरग्राउन्ड गर्ने काम भइरहेको छ । स्मार्ट मिटरको काम अघि बढेको छ । यस्ता कयौं काम भइरहेका छन् । यी सवैको सफलताको पछाडि कुलमान खम्बा जसरी उभिएका छन ।

विजुलीकै गतिमा काम गरिरहेका कुलमानको कार्यकाल सकिनै लाग्दा नागरिकमा कौतुहता बढेको छ । त्यो स्वभाविक पनि हो । विद्युत खपत बढाउने र अन्तरदेशीय विद्युत व्यापारलाई बढावा दिने योजनासहित अघि बढेका कुलमानको कार्यकाल अर्को महिना सकिनै लाग्दा आउँदो नेतृत्वले कसरी अघि बढाउँछ भन्ने जिज्ञासा उठेका छन् । कुलमानलाई सरकारले अर्को कार्यकालको लागि नियुक्त गर्ला कि नगर्ला भन्ने अड्कलबाजी पनि सुरु भएको छ । कुलमान घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । मात्रै विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा भर पर्नेछ ।

यो निर्णयमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र उनको समूहका नेताहरुको भूमिका पनि महत्वपूर्ण रहने छ । विगतमा पूर्व माओवादीबाट प्रतिनिधित्व गर्ने केही माननीयले कुलमानको शेखी झार्न नै होला सायद उनीमाथि अनियमितता जस्तो गम्भिर आरोप लगाएका विद्युत छाड्न चेतावनी नै दिएका थिए । प्रमाणविनाको चेतावनी ती माननीयले कहाँ कतै पुष्टि गर्न सकेनन् । त्यसैले मानीययको आरोपबाट न कुलमान विचलित भए न सरकार न सत्तारुढ दलले नै कुलमानमाथि शंका गर्याे । तर अहिले परिस्थिती फेरिएको छ । पार्टीमा जुहारी चलिरहेको छ । आफ्नै पार्टीभित्रको अन्तरविरोध अन्त्य गर्न हम्मे परेको ओली र उनको सरकारले कुलमान घिसिङको विषयमा कसरी निर्णय लिने हो त्यो भने हेर्न बाँकी छ ।

भर्खरको समाचार

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

समानुपातिकमा साढे ४ लाख मत बदर, आज दलहरुलाई पत्राचार गर्ने

adcc99e8-45af-49b9-9154-fa42976a3483

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

सम्बन्धित खबरहरु

Scroll to Top