१५ साउन, काठमाडौं । सुनको भाउले फेरी नयाँ कीर्तिमान बनाएको छ । आज सुन अहिलेसम्मकै उच्च प्रतितोला ९९ हजार रुपैयाँ पुगेको छ ।
आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।