२० साउन, काठमाडौं ।
पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चितवन गर्दी गाविस-९ बस्ने ४० वर्षीया कमला कुमारी थापालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
थापाले पोल्याण्ड पठाइदिन्छु भन्दै पीडितलाई विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई नगद १७ लाख रुपैयाँ ठगी गरी फरार रहेको भन्ने खबर प्राप्त भएपश्चात महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा उनलाई चितवनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।