२० साउन, विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको बहिरंग सेवा (ओपीडी) मंगलबारदेखि पुनः सञ्चालनमा आएको छ । स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अस्पताल व्यवस्थापनले बिहीबारदेखि चार दिनसम्म अनिश्चितकालका लागि ओपीडी सेवा पूर्णरुपमा बन्द गरेको थियो ।
स्वाब परीक्षणपछि आएको रिपोर्टमा ओपीडीका थप स्वास्थ्यकर्मीमा संक्रमण नदेखिएकोले बन्द गरिएको सेवा पुन सञ्चालनमा ल्याइएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताएका छन् ।
कर्मचारी र स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि विराटनगरका अन्य प्राइभेट अस्पताल पनि बन्द भएकाले बिरामीले उपचार पाउन कठिन भइरहेको उनले बताए । अहिलेसम्म ३७ स्वास्थ्यकर्मी र कर्मचारी क्वारेन्टाइनमा रहेको उनले बताए ।