२३ साउन, ईलाम ।
ईलामको माई नगरपालिका–२ का १४ बर्षीय बालक रुबिन मगर माई खोलाले बगाएर बेपत्ता भएका छन् । गाई बस्तु हेर्न गएका मगरलाई बिहीबार दिउँसो ४ बजेको समयमा माई खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो ।
बेपत्ता भएको जानकारी पाए पश्चात प्रहरी चौकी दानावारीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।