२३ साउन, विराटनगर ।
विराटनगरमा शुक्रबार राप्रपाका केन्द्रीय सदस्यसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै विराटनगरभित्र कोरोना संक्रमितको संख्या २ सय पुगेको छ ।
शुक्रबार विराटनगर–९ मा ३ जना, विराटनगर–५ मा ३ जना, विराटनगर–११,३ र ६ मा १/१ जना कोरोना संक्रमित थपिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । उनीहरूको स्वाबको नमूना २० साउनमा स्वाबको संकलन भएको उनले बताए ।
विराटननगर ९ गुद्रीका संक्रमित राप्रपाका केन्द्रीय सदस्य हुन् । उनी नेपाल पत्रकार महासंघको सदस्यसमते रहेका छन् ।