३० साउन, सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउँपालिका २ को लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परि हराएकामध्ये हालसम्म सात जनाको शव भेटिएको छ ।
पहिरोमा पुरिएर सात जनाको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले जानकारी दिए । पहिरोमा परेकामध्ये ३१ जना अझै हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको छ ।
पहिरोमा परि घाइते भएका पाँच जनाको उद्धार गरिएको छ । घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाण्डौ पठाइएको महर्जनले बताए । पहिरोले ३७ घरमा क्षति पुगेको छ ।