×

NEPAL TIMES UPDATES

Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026

जसपाभित्र विवाद चर्किँदै, शीर्ष नेताहरू नै असन्तुष्ट

१५ भाद्र २०७७

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ ।

तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवले एकीकृत जसपामा वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएका छन् । तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलमा अध्यक्ष रहेका महन्थ ठाकुर जसपाको अध्यक्ष र अर्का अध्यक्ष राजेन्द्र महतो वरिष्ठ नेताको जिम्मेवारीमा छन् ।

जसपा स्रोतका अनुसार भण्डारी, यादव, झा र राजकिशोरले ठाकुरबाट आफूहरूलाई धोका भएको आरोप लगाउँदै आएका छन् । जसपा कार्यकारिणी समितिमा ठाकुर र महतोले आफू निकटका नेतालाई जिम्मेवारी दिएको तर आफू निकटका नेतालाई वास्ता नगरेको आरोप चारै नेताले लगाउँदै आएका छन् ।

‘चारै जना नेताले ठाकुरजीले आफूहरूलाई धोका दिएको आरोप लगाउँदै आउनुभएको छ,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘असन्तुष्ट चारै जना नेता महतोजीले जस्तै आफूहरू पनि वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडानमा हुनुहुन्छ ।’

चार जना नेताले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान लिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीबाट पनि उही संख्यामा वरिष्ठ नेता राख्दा भद्रगोल हुने बताउँदै मिलाउन आग्रह गरेका छन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात पार्टी एकीरण गरेर जसपा घोषणा भएको थियो । समाजवादीतर्फ कुनै विवाद नभएको तर राजपातर्फ समस्या भएकाले पदाधिकारी चयन गर्नमा ढिलाइ भएको सचिवालयका एक सदस्यले बताए ।, यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top