×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा

१५ भाद्र २०७७

१५ भाद्र, कैलाली ।
नदी कटानका कारण कर्णाली नदी फुट्ने खतरा बढेको छ ।

टीकापुर नगरपालिका–२ स्थित जनशक्ति सामुदायिक वनको मूलपानीमा कर्णाली नदीले तटबन्ध कटान गर्दा टीकापुरमा जोखिम बढेको हो । नदीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध कटान शुरु गरेको छ । “कटान तीव्ररुपमा भइरहेको छ ।

नदीले बहाव बदल्ने देखिन्छ”, स्थानीय झपट सोडारीले भने, “यसलाई नियन्त्रण नगरे बस्तीमा क्षति पुग्ने निश्चित छ । नदी बस्तीमा पसे टीकापुर २, ७, ८ सखाप हुने देखिन्छ । हजारौँ घर डुबानमा पर्नेछन् ।” सोडारीका अनुसार यस वर्ष नै निर्माण गरिएको तटबन्ध कमजोर रहेकाले नदी कटान बढेको हो ।

नदीले कटान तीव्र पार्दा नदी बस्तीमा फर्किने अवस्था आएको उनको भनाइ छ । उनी भन्छन्, “नदीलाई तत्काल नियन्त्रणको प्रयास नभए बस्ती सखाप हुन्छ ।” नदी कटानले करिब १०० मिटर तटबन्ध बगेर जाने अवस्थामा पुगेको छ । तटबन्ध बगे कर्णालीको पानी नगरक्षेत्र पस्ने जोखिम रहेको छ ।

नदीले कटान गरिरहेको क्षेत्रलाई टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावल, सिँचाइ आयोजनाका प्रतिनिधि, प्राविधिकसहितको टोलीले निरीक्षण गरेको छ । “नदी कटानका कारण बस्ती जोखिम पर्ने देखिएको छ ।

यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा विपद् समितिको बैठक बसी तत्कालका लागि जैविक तटबन्ध गर्ने निर्णय भएको छ”, नगर प्रमुख रावलले भने, “नदीमा पानीको बहाव घट्न थालेपछि कटान बढेको छ । नदी कटान नरोके वडा नं २ पूरै उच्च जोखिममा पर्नेछ ।”

विपद् समितिले तत्काल जैविक तटबन्धका लागि नदी नियन्त्रण एकल प्रयासबाट मात्र सम्भव नभएकाले सशस्त्र र जनपद प्रहरीको सहयोग लिने निर्णय गरेको छ । नदीमा आजैबाट नियन्त्रणको प्रयास शुरु गरिने भएको छ । यसका साथै नदी नियन्त्रणका लागि थप व्यवस्था गर्न जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिलाई गुहार गर्ने निर्णय गरी जिल्लालाई अनुरोध गरेको नगर प्रमुख रावलले बताए ।

“हामी एक्लैले नियन्त्रण सम्भव छैन, जिल्लालाई पहल गर्नका लागि अनुरोध गरेका छौँ”, उनी भन्छन्, “तत्काल सिँचाइ र नगरपालिकाले मिलेर स्थानीय, सशस्त्र प्रहरी र जनपद प्रहरीको सहयोग लिएर स्थानीय स्रोतको प्रयोग गरी नियन्त्रणको प्रयास गर्छौैं ।”

कर्णाली नदीको कटानले टीकापुर–५ स्थित टीकापुर पार्क क्षेत्रमा बनेको तटबन्धको माटोसमेत बगाउन थालेको छ । त्यहाँ पनि कटानको जोखिम रहेकाले यहाँ थप त्रास सिर्जना भएको छ । पार्क क्षेत्रमा तटबन्ध भत्किए टीकापुर पार्क तहसनहस हुनेछ ।

“पार्क किनारमा रहेको कर्णाली नदीको तटबन्ध भत्किए टीकापुर–५, ७, ८ वडामा डुबान र कटान हुनेछ”, स्थानीय बडघर धर्मराज जैसीले भने, “सिँचाइले नदी नियन्त्रणको काम निरन्तर गर्न आवश्यक छ ।”

बर्दियाको राजापुर नगरपालिका पनि जोखिममा

कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीले बर्दियाको राजापुर नगरपालिका–१ चनौरा, टिउनी, वडा नं ३ को तिघरामा कटान तीव्र पारेको छ ।

नदीले कटान तीव्र पारेपछि स्थानीयवासीले जैविक तटबन्ध गर्न थालेका छन् । कर्णाली नदीमा पानीको बहाव बढ्दा बर्दियातर्फ बग्न थालेपछि राजापुर नगरपालिकाको वडा नं १ र ३ जोखिममा परेको हो । वडा नं १ मा नदी नियन्त्रण गर्न नसके दौलतपुर, चनौरा र टिउनीका हजारौँ घर डुबान र कटानमा पर्नेछन् ।

साथै वडा नं ३ को तिघराका सयौँ परिवार विस्थापित हुने अवस्था आउनेछ । बर्दियातर्फ कर्णाली वन व्यवस्थापन आयोजनाको सहयोगमा नदी नियन्त्रणको काम भइरहेको छ । आयोजनाले बर्दियातर्फ तटबन्ध कार्य गरिरहेको छ ।

“कर्णालीको पानी बर्दियातर्फ बग्दा आयोजनाले बनाएको तटबन्ध भत्कने जोखिम बढेको छ”, दौलतपुरका लोकराज ढुङ्गानाले भने, “नदीले वडा नं ३ मा पाँच बिघा जग्गा कटान गरिसकेको छ भने वडा नं १ मा कर्णाली नदी व्यवस्थापन आयोजनाले बनाएको बाँध भत्कने जोखिम बढेको छ ।”(रासस)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top