१० आश्विन, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण नेपाली सेनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार असोज ९ गते वीरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा एक सैनिक जवानको मृत्यु भएको हो । उनलाई असोज ६ गते छारे रोगको लक्षण देखिएपछि अस्पतालको आईसीयूमा उपचार गरिएको थियो ।
उपचारकै क्रममा उनको शुक्रबार मुत्यु भएको सेनाले जनाएको छ । उनको असोज ८ गते स्वाब परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखिएको हो । सेनामा हालसम्म २ हजार १९७ मा संक्रमण भएको, ५३९ जना निको भएको र एक हजार ६५६ जना संक्रमित रहेका छन् ।