×

NEPAL TIMES UPDATES

Playing
भारत बन्यो T-20 Worldcup सबैभन्दा धेरै पटक जित्ने टोली || Nepal Times
Mar 09, 2026
Playing
रास्वपाको प्रत्यक्षमा १२५, समानुपातिकमा ६० ? अन्तिम गणना जारी || Nepal Times
Mar 09, 2026
Playing
Election update समानुपातिकमा ७५ प्रतिशत मत गन्दा कसको सिट कति ? || Nepal Times
Mar 09, 2026
Playing
पेलिएको रास्वपा बन्यो लिडर, को–को बन्ने भए राष्ट्रिय पार्टी ? || Nepal Times
Mar 08, 2026
Playing
इरानभित्रै विशेष बल उतार्ने अमेरिका–इजरेलको योजना || Nepal Times
Mar 08, 2026
Playing
पूर्वप्रधानमन्त्रीहरू ओली,देउवा, माधव,बाबुराम र झलनाथ विनाको संसद || Nepal Times
Mar 08, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-24-2082 || Nepal Times
Mar 08, 2026
Playing
के अब प्रत्यक्ष कार्यकारी तर्फ जादैछ मुलुक ? दुई तिहाइ पाए के हुन्छ ? || Nepal Times
Mar 08, 2026
Playing
Iranले Chinaबाट मगायो ९ लाख ’स्पेशल हति*यार’, Trumpलाई कतारको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
अमरेशले जित्दा मधेसवादी ठूला नेता किन हार्न पुगे ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा एकल सरकार निर्माणको बाटोमा, दुई तिहाईतर्फ लम्कियो || Nepal Times
Mar 08, 2026
Playing
World News: Iranले उडायो Israel र अमेरिकी अड्डा, धुलो पार्ने Trumpको चेतावनी || Nepal Times
Mar 08, 2026
Playing
यसरी बन्दै छन् बालेन्द्र प्रधानमन्त्री || Nepal Times
Mar 08, 2026
Playing
प्रतिनिधिसभामा रास्वपाको बहुमत सम्भावित दुई तिहाइ || Nepal Times
Mar 08, 2026
Playing
Top 15 Afternoon News || Mar-08-2026 || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ प्रतिवेदन प्रधानमन्त्रीको हातमा–निचोड सार्वजनिक गर्ने || Nepal Times
Mar 08, 2026
Playing
T20 World Cup 2026: उपाधिका कसको ? || Nepal Times
Mar 08, 2026
Playing
नवनिर्वाचित सांसदको पहिलो बैठक कहाँ बस्दैछ ? || Nepal Times
Mar 08, 2026
Playing
रास्वपा बहुमतबाट अब दुई तिहाई तर्फ उन्मुख || Nepal Times
Mar 08, 2026
Playing
जाँचबुझ आयोगले आज प्रतिवेदन बुझाउँदै || Nepal Times
Mar 08, 2026
Playing
एउटा जिउँदो इतिहासलाई जन कारबाही  || Nepal Times
Mar 08, 2026
Playing
गगन थापाको १८ वर्षे संसदीय यात्रामा अमरेशले लगाए ब्रेक || Nepal Times
Mar 08, 2026
Playing
Election update रास्वपाले शतक(१००) पुर्यायो, अन्यको कति ? || Nepal Times
Mar 08, 2026
Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026

एमनेस्टी इन्टरनेसनलले गर्यो भारतमा आफ्नो काम बन्द गर्ने निर्णय

१३ आश्विन २०७७

१३ आश्विन, एजेन्सी ।
मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ ।

भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ । दुई वर्षदेखि लगातारको अनुसन्धान र खातासमेत रोक्का गरिएपछि सबै काम बन्द गर्ने निर्णयमा पुगेको एआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

‘विगत दुई वर्षयता निरन्तरको कारबाही र बैंक खाता पूर्ण रुपमा बन्द गरिनु संयोग मात्र होइन । सरकारी निकायहरुबाट निरन्तर दिइएको उत्पीडन, हालैको दिल्ली दंगा र जम्मू–कश्मीरमा मानवअधिकार उल्लंघनका घटनामा दिल्ली प्रहरी र भारत सरकारलाई जिम्मेवार ठहऱ्याउनेलगायतका भारत सरकारका कामकारबाहीमा पारदर्शीताको मागको नतिजा हो ।

अन्यायका विरुद्ध सधैँ आवाज उठाउँदै आएको अभियानविरुद्धको यो आक्रमण फरक विचारलाई दबाउने कोसिस हो’ एआई (भारत) का कार्यकारी निर्देशक अविनाश कुमारले भनेका छन् । यो निर्णयसँगै संस्थामा कार्यरत १५० भन्दा बढी कर्मचारीले पनि जागिर गुमाएका छन् ।

भारत सरकारले एमनेस्टी इन्टरनेसनलमाथि गैरकानुनी रुपमा आर्थिक सहयोग लिएको आरोप लगाउँदै आएको छ । अर्थमन्त्रालयअन्तर्गत अनुसन्धान इकाई प्रवर्तन निर्देशनालय (ईडी) ले दुई वर्षदेखि त्यही विषयमामा अनुसन्धान गर्दै आएको थियो ।

यसैक्रममा गएको १० सेप्टेम्बरमा संस्थाको बैंक खाता पूर्ण रुपमा रोक्का गरिएको थियो । गत वर्ष केन्द्रीय अन्वेषण ब्युरो(सीबीआई) को एफआईआरपछि ईडीले एआईमाथि अनुसन्धान सुरु गरेको थियो ।

तर, एमनेस्टी इन्टरनेसनलले भने उक्त आरोपको खण्डन गर्दै सबै कानुनको पालना गरेको दाबी गर्दै आएको छ । मानवअधिकारको विषयलाई लिएर केही वर्षदेखि एमनेस्टी इन्टरनेसनल र भारत सरकारबीच कटुता रहँदै आएको थियो ।

एमनेस्टी इन्टरनेसनलले विभिन्न समयमा सार्वजनिक गरेका मानवअधिकारसम्बन्धी रिपोर्टप्रति भारत सरकारले कडा आपत्ति जनाउँदै आएको थियो । एमनेस्टी इन्टरनेसनलले दिल्ली दंगा र जम्मू–कश्मीरमाथि तयार पारेको रिपोर्टले मानवअधिकारको उल्लंघन गरेको देखाएको थियो ।

त्यसमा दिल्ली प्रहरी र भारत सरकारलाई दोषी देखाइएको थियो । उक्त रिपोर्टलाई भारत सरकारले एकपक्षीय रुपमा अस्वीकार गरेको थियो । सन् २०१४ मा सत्तामा आएदेखि नै नरेन्द्र मोदी सरकारले गैरसरकारी संस्थाहरु (गैसस) हरुमाथि कडा रवैया अपनाउँदै आएको छ ।

यसअवधिमा दस हजारभन्दा बढी गैससको दर्ता खारेजी समेत गरिएको छ । र, कैयौंमाथि अनुसन्धान भइरहेको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top