वनका कर्मचारीको प्रश्न : ‘हामीलाई किन फाजिल बनाइयो ?’

७ माघ ७७, बिहीबार

८ माघ, कर्णाली ।

कर्णाली प्रदेशका १० जिल्ला वन कार्यालयमा कार्यरत फाजिल कर्मचारीले आफूहरुलाई फाजिल किन बनाइयो ? भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

डेढ वर्षदेखि आफूहरुलाई विना कारण फाजिल बनाएर सरकारले सजाय दिएजस्तो गरी अपमान गरेको भन्दै फाजिल कर्मचारीले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

बुधबार कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा फाजिल कर्मचारीलाई दरबन्दीमा लिन माग राख्दै ध्यानाकर्षण पत्र बुझाएको केन्द्रीय जुनियर वन प्राविधिक सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष गणेशकुमार थापाले जानकारी दिए ।

पदपूर्ति भइसकेपछि एक डेढ वर्षदेखि चार वर्षसम्म काम गरेका जुनियर फरेस्टरलाई सङ्घीय मामिला मन्त्रालयले पछिल्लो सङ्गठन तथा व्यवस्थापन एवं समायोजन गरी दरबन्दी कटौती गरेर फाजिल बनाइदियो ।” फाजिल बनाएर कामकाजका लागि देशभरि पठाए पनि दरबन्दीमा नराखेको उनले गुनासो गरे ।

Advertisement

उहाँका अनुसार सङ्घीय सरकारबाट तलब खाने तर प्रदेशमा खटिएर काम गर्दासमेत कर्णाली प्रदेशले दिने प्रोत्साहन भत्ता, ग्रेड दरबन्दी नभएकोले फाजिल कर्मचारीले पाएका छैन ।

प्राविधिक कर्मचारीलाई घरेलुमा पठाउँदा उनीहरुबाट नागरिकले अपेक्षाकृत सेवा नपाउने र कर्मचारी स्वयंलाई असहज हुने भन्दै आफ्ना लागि जे काम कर्तव्य अधिकार हो त्यही काममा लगाउनुपर्ने तथा दरबन्दीमै लोकसेवा आयोगको परीक्षाबाट पास भएकोले प्रकृतिका आधारमा कामको जिम्मा तोकिनुपर्ने उनको जिकिर थियो ।

समायोजन गर्दा सङ्घीय मामिला मन्त्रालयले सङ्घीय वन मन्त्रालयकै दरबन्दी घटाइदिएको थियो । जसका कारण देशैभरि ४२१ जना वनका कर्मचारी फाजिलमा परेका छन् । अब सङ्घीय मन्त्रालयले नै दरबन्दी माग गरी विधिगतरूपमा केन्द्रबाटै यसलाई समायोजन गरेर दरबन्दी कायम गरियोस् भन्ने मुख्य माग रहेको उनको भनाइ छ ।

फाजिलमा राखिँदा कर्मचारीको कार्यसम्पादनदेखि बढुवा, ग्रेडवृद्धिलगायतका सेवा सुविधा र वृत्ति विकासबाट पनि वञ्चित भइने फरेस्टर कमल बोहोराले बताए । सरकारले आफूलाई फाजिल बनाएर कर्मचारी वृत्तमा समेत विभेदकारी नीति लादेको उनले टिप्पणी गरे।

सरकारले फाजिल कर्मचारीका समस्या बेलैमा बुझ्नुपर्ने उनको भनाइ थियो । निजामती सेवा ऐन, २०७५ बमोजिम समायोजन भएर जुन कर्मचारीलाई व्यवस्थापन गर्यो त्यतिबेला सङ्घीय वन मन्त्रालयको दरबन्दी कटौती गरिएको थियो ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top