२० माघ, बारा ।
बाराको जितपुरस्थित राजेश मेटल उद्योगको मेशिनमा च्यापिएर एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
आज बिहान एक बजे बिल्डर्स रोल मेशिन चलाउने क्रममा मेशिनमा च्यापिएर भारत सिवान बस्ने बस्ने वर्ष ४५ का सुनिल प्रसादको घटनास्थलमै मृत्यु भएको हाे ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिए ।