‘टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या आउँदा उपभोक्ता मारमा’

२० असाेज, काठमाडाैँ ।

दुरसञ्चार सेवालाई सस्तो र सबैको पहुँचमा पु¥याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधवार काठमाडौंमा आयोजित ‘दुरसञ्चार क्षेत्रलाई थप प्रतिस्पर्धात्मक बनाउन के गर्ने ?’ भन्ने विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले दुर सञ्चार सेवालाई सबैको पहुँच हुनेगरी सस्तो र सेवालाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले नेपालको दुरसञ्चार सेवा प्रभावकारी हुन नसकेको बताए। टेलिफोन र इन्टरनेटमा बारम्बार समस्या परेकाले उपभोक्ता मारका परेको भन्दै उनले यसतर्फ सम्बन्धित निकाय गम्भिर हुनुपर्ने बताए। बारम्बार सेवा अवरुद्ध हुँदापनि सम्बन्धित निकायले समस्या समाधानमा ध्यान नदिने गरेको गुनासो उनले गरे ।

बरिष्ठ पत्रकार हरिविनोद अधिकारीले इन्टरनेट सेवालाई बढीभन्दा बढी जनताको पहुँचमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताए। गणस्तर सिध्याएर नाफा कमाउन नभइ सेवालाई सुलभ, सहज पहुँचमा पु¥याउनका लागि तथा सेवालाई गुणस्तरीय बनाउनका लागि प्रतिस्पर्धा गर्नुपर्ने उनले बताए ।

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले टेलिकमले आफ्ना सेवाहरुलाई क्रमशः अपग्रेड गरिरहेको बताए । हाल टेलिकमले अप्टिकल फाइबरमार्फत् सुविधा दिइरहेको उल्लेख गरे । प्रविधि बाहिरबाट ल्याउनुपर्ने तथा सामग्री खरिदका लागि आफुहरुले गर्नुपर्ने प्रक्रिया लामो हुँदा भनेकै बेलामा खरिद गर्न नसकेका कारण प्रतिस्पर्धा गर्न गाह्रो परेको उनको भनाई छ ।

नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले युटिएल र स्मार्ट कम्पनीको प्रभावकारीता कमजोर भएको भन्दै यसको विकल्पको बारेमा प्राधिकरण र मन्त्रालयले सोचेको बताए । भरसक सो कम्पनीहरुलाई राम्रो सेवा प्रवाहका लागि घच्घचाइरहेको बताए । प्राधिकरणले मध्यपहाडी क्षेत्र भएर ७७ जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गरिरहेको उहाँले जानकारी दिए ।

प्रतिनिधि सभा सदस्य भिमसेनदास प्रधानले सरकार अस्थिर रहने र एउटा मन्त्रीले बनाइसकेको नीति अर्को मन्त्रीले अपनत्व ग्रहण नगर्ने परिपाटीले गर्दा राम्रो नीति बन्न नसकेको बताए । उनले विभिन्न कम्पनीले कार्टेलिङ गर्दा उपभोक्ताहरु मारमा परेको भन्दै सरकार कार्टेलिङको सहयोगी हुनुनहुने बताए ।

आगामी दिनमा नीति निर्माण गर्ने कुरामा सम्बन्धित विषय विज्ञको सहभागिता हुनुपर्ने उनले बताए ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top