चितवन प्रहरीको चाडपर्व लक्षित योजना लागु

२० असोज ७८, बिहीबार

२१ असोज, चितवन ।

Advertisement

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लामा विशेष सुरक्षा योजना लागु गरेको छ। योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार लामो दूरीका सवारीमा हुनसक्ने आपराधिक क्रियाकलापलाई ध्यानमा राख्दै सादा पोसाकका तथा बर्दीका प्रहरी परिचालन गरिएको छ।

Advertisement

योजना लागू भएपछि लामो दूरीका सवारी साधनमा हुने लुटपाट, चोरी र बढी भाडा लिने समस्या समाधानमा आउने कार्यालयले विश्वास लिएको उनले बताए।

यस्तै योजना कार्यान्वयनका क्रममा ६९ युनिटले आवश्यकताअनुसार आकस्मिक चेकजाँच, पिकेट कार्यक्षेत्रमा कडाइ, क्युआरटी टोलीलाई थप तथा परिचालन, आपराधिक घटना हुने क्षेत्रमा सादा पोसाकका प्रहरी परिचालनलगायत काम भइरहेका छन्। थापाका अनुसार बाटो अवरोध भएमा खुलाउन स्ट्राइकिङ टोली र आवश्यक सहयोगका लागि मौजुदा टोलीसमेत तयारी अवस्थामा राखिएको छ।

Advertisement

यस कार्यका लागि जिल्लामा रहेका ७३७ प्रहरी जनशक्ति परिचालन गरिएको छ। चाडपर्व लक्षित सुरक्षा योजनाका कार्यक्रम नियमित हुने कार्यक्रमभन्दा फरक रहेको उनको भनाइ छ।

चाडपर्वमा हुनसक्ने विभिन्न घटनालाई मध्यनजर गर्दै जिल्लाका ३० स्थानमा चौबिसै घण्टा विशेष टोली परिचालन गरिएको उनले बताए।

यस्तै चाडपर्वको समयमा अस्वाभाविक रुपमा हुने मूल्य वृद्धि र अखाद्य वस्तुको बिक्री वितरण हुन सक्ने सम्भावित जोखिमलाई कम गर्न स्थानीय प्रशासनसँगको सहकार्यमा बजार अनुगमनलगायतका कामसमेत भइरहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top