विश्वकपमा सनसनी मच्चाउने जापानको दाउ

१९ मंसिर, एजेन्सी ।
फिफा विश्वकप कतार २०२२ अन्तरगत आज प्रि–क्वाटरफाइनलको पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । यस विश्वकपमा जाइन्ट किलर तथा कमब्याक किङ बनेको जापानले अल जानोब स्टेडियममा सोमबार राति अन्तिम १६ को भिडन्तमा क्रोएसियासँग खेल्दा अर्को प्रभावशाली नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनी रहेको समूहबाट समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्न चहान्छ । जापानले समूह चरणमा स्पेन र जर्मनीलाई पराजित गर्दा उत्कृष्ट पूनरागमन जित निकालेको थियो । जापान विश्वकपमा दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई हराउने टोली हो ।

जापान अझै पनि विश्वकपमा आफ्नो पहिलो क्वार्टरफाइनलको लागि पर्खिरहेको छ । मोरियासुको सुपर सब्सले पुन एकपटक नतिजा आफ्नो पक्षमा पार्न भर मग्दुर प्रयास गर्नेछ । प्रतिबन्धका कारण डिफेन्डर इटाकुरा क्रोएसियाविरुद्ध हुनेछैनन् । मिडफिल्डर वाटारु एन्डो फिट भइसकेका छन् । राइट–ब्याक हिरोकी साकाई पनि प्रशिक्षणमा सामेल भइसकेका छन् ।

Advertisement

मांशपेशीको चोटका कारण ताकेफुसा कुबोले खेल्नेमा शंका छ । यता, विश्व उपविजेता क्रोएसिया भने समूहमा दोस्रो भएपछि जापानसँग प्रि–क्वाटरफाइनल खेल्दैछ । विश्व उपविजेता क्रोएसियाको टोलीमा अनुभवी खेलाडीको बाहुल्यता रहेको छ । त्यही अनुभवी खेलाडीको टोली कमब्याक किङ जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चहान्छ ।

मिडफिल्डमा निकै बलियो देखिएको क्रोएसियाले डिफेन्समा पनि संगठित प्रदर्शन गरिरहेको छ । यि दुई टोली चौथोपटक आमाने–सामाने हुन लागेको हो । पहिलोपल्ट सन् १९९७ मा किरिन जापान कपमा जापानले ४–३ को जित निकालेको थियो । १९९८ को विश्वकपमा क्रोएसियाले १–० को जित निकाल्दा २००६ मा विश्वकपमै गोलरहित बराबरी खेलेको थियो ।

Advertisement

यस्तै अन्तिम १६ मा अफ्रिकी मुलुक सेनेगललाई ३–० गोलको नतिजामा पराजित गर्दै इङ्ल्यान्डले फिफा विश्वकपको क्वार्टरफाइनलमा फ्रान्ससँगको भेट निश्चित गरेको छ। आइतबार राति अल बायट रंगशालामा भएको खेलको ३८ औं मिनेटमा जोर्डन हेन्डरसनले गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा कप्ता ह्यारी केनले गरेको गोलसँगै इङ्ल्यान्डले अग्रता दोब्बर पारेको थियो।

पहिलो हाफमा २–० ले पछि परेको सेनेगलले दोस्रो हाफमा थप एक गोल खायो। बुकायो साकाले ५७औं मिनेटमा गोल गर्दै इङ्ल्यान्डको ३–० को जित सुनिश्चित गरे। जितसँगै क्वार्टरफाइनलमा पुगेको इङ्ल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता फ्रान्सको सामना गर्नेछ। साविक विजेता फ्रान्स अन्तिम १६ मा पोल्यान्डलाई ३–१ गोलको नतिजामा पराजित गर्दै क्वार्टरफाइनलमा पुगिसकेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top