×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

नेपालसँग निरीह सिंगापुर, ८ विकेटले पराजित

१३ कार्तिक २०८०

१३ कार्तिक , काठमाण्डौ ।
अर्को वर्ष आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा नेपालले सुखद सुरुआत गरेको छ । नेपालले आजको आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.३ ओभरमा दुई विकेट गुमाएर एक सय ४७ रन बनाउँदै विजय लक्ष्य पार गरेको हो । नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेलले टोलीका लागि ७४ रनको योगदान गरे । उनले केवल ४८ बलको सामना गरी दुई छक्का र आठ चौका हिर्काए ।

Advertisement
Advertisement

उनले २६ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पूरा गरेका हुन् । नेपालको पहिलो विकेटका रूपमा आसिफ शेख पेभेलियन फर्किएका थिए । उनले टोलीका लागि २७ रनको योगदान गरेका थिए । उनले केवल २६ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए ।

त्यसपछि कुशल भुर्तेल र कप्तान रोहित पौडेलले नेपालको पाली समालेका थिए । उनीहरूले उत्कृष्ट साझेदारी गर्दै टोलीको स्कोरलाई एक सय ४१ रनसम्म पु¥याएका थिए । कप्तान रोहितले टोलीका लागि ३५ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका रोहितले २४ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए ।

कुशल मल्लले पनि अविजित ६ रन बनाए । उनले एक बलमा एक छक्का प्रहार गरे । नेपालले अतिरिक्त रूपमा पाँच रन पायो । त्यसअघि सिंगापुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ४५ रन बनाएको थियो । सिंगापुरका लागि ओपनर ब्याट्सम्यान रोहन रंगराजनले सर्वाधिक ४५ रनको योगदान गरेका थिए ।

पाँचौँ नम्बरका ब्याट्सम्यान मनप्रित सिंहले पनि २४ रनको योगदान गरे । आर्यवीर चौधरीले टोलीको खातामा ३७ रन थपे । नेपाली टोलीका बलर अविनाष बोहराले तीन विकेट लिए । यस्तै करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई—दुई विकेट हात पारे । सन्दीपले चार ओभरमा १८ र करणले चार ओभरमा ३६ रन खर्चिए ।

गुल्सनले चार ओभरमा २१ रन खर्चिए । एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगिताको फाइनलमा पुग्ने दुईवटा टोलीले सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपमा स्थान बनाउने छन् । टी—२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ ।

एसियाली क्षेत्रको अन्तिम चरणको छनोट प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित संयुक्त अरब इमिरेट्स (यूएई), हङ्कङ, ओमान, बहराइन, कुवेत, मलेसिया र सिंगापुरले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको दुवै सेमिफाइनल खेल कात्तिक १७ गते खेलिने छ ।

Advertisement

सेमिफाइनल खेलमा सफलता हात पार्दै फाइनलमा पुग्ने दुवै टोली सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकपका लागि छनोट हुनेछन् । प्रतियोगिताको फाइनल खेल कात्तिक १९ गते कीर्तिपुर क्रिकेट मैदानमा खेलाइने छ । नेपालले अब आफ्नो दोस्रो खेल मंगलबार मलेसियासँग र बिहीबार ओमानसँग खेल्नेछ ।

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top